धादिङको गजुरीमा तेल बोकेको ट्रक दुर्घटना

हिमालय टाइम्स
Read Time = 1 min

-बाबुराम श्रेष्ठ
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा तेल बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ । आज बिहान विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंम्बरको ट्रक धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा दुर्घटना हुँदा ट्रकमा आगालागी भएको हो ।

ट्रक सडकबाट करिब दुई सय ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?