प्रधानमन्त्री देउवा विराटनगरमा

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आउनुभएको छ । निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उहाँ शनिवार विहान विराटनगर आउनुभएको हो ।

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुनुहुन्छ । उहाँहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?