विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको इनरुवा नगरपालिका-९ तिनठडिया थानमा सोही नगरपालिका-९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?