नेपाल-श्रीलंका चेम्बरमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्र मेहर श्रेष्ठ, महासचिवमा डा. हरिश जोशी, कोषाध्यक्षमा दिपक महर्जन र दुई सचिवमा विधाता श्रेष्ठ र प्रकाश ओली निर्वाचित हुुनुभएको संघले जनाएको छ ।

सदस्यमा अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, नरेन्द्रबल्लभ पन्त, सुनिल भुसाल, मोहन कटुवाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन (पप्पु), पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर प्रधानांग, सुनिल बंशल, सुशील श्रेष्ठ, रज्जु तण्डुकार, समिर श्रेष्ठ रहनुभएको छ । संघको पहिलो बैठकले विभिन्न विषयगत समिति गठनसमेत गरेको छ ।

उद्योग तथा लगानी समितिको संयोजकमा नरेन्द्रबल्लभ पन्त, वाणिज्य समितिमा सुनिल भुसाल, पर्यटन समितिमा प्रसन्न अधिकारी, पूर्वाधार समितिमा मोहन कटुवाल तथा सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य समितिमा राजेश शाक्य रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?