हिमालय टाइम्स दैनिकमा मेरो लेखकीय सम्बन्ध

बद्रीप्रसाद दाहाल
Read Time = 10 mins

‘हिमालय टाइम्स दैनिक’ हाल ठूला-ठूला सञ्चारगृहको दबदबामा पनि पाठक, अध्येता र पढाकुुहरूमाझ पृथक् स्वाद दिँदै पत्रकारिताको मूूल मर्म, धर्म र कर्मलाई आत्मसात् गर्दै आएको समाचारपत्र हो । अध्ययनशील, चिन्तनशील र प्रायः अभिनवीकृत हुन रुचाउने विज्ञ प्रतिभाका स्तम्भकारहरू, उत्साही नवप्रतिभाका युवा लेखकहरू तथा प्रशिक्षित पत्रकार समूूहको त्रिवेणीधाम बन्न पुुगेको छ आजको हिमालय टाइम्स । यो पत्रिका एकातिर हिमालयझैँ सुन्दर उच्च र सुुशीतलता दिने खालको छ भने अर्को कोणबाट कालिक ध्वनि विरेचनमा हिम्मतिलो प्रतीति भइरहेकोमा मलाई गौरव लागिरहेको छ ।

मूूलतः यसका सञ्चालक, निर्देशक, प्रधान सम्पादक, सम्पादकीय मण्डल, विभिन्न डेक्सका पत्रकारकर्मी साथीहरूको लगन र विज्ञापनदाताको अथक स्नेह तथा दरिलो विश्वासले अखवार अग्रगामी पथ लिइरहेको आभास हुन्छ । लगानीकर्ताहरूको धैर्य र अठोट, प्रधान सम्पादकको पत्रकारितामा लामो आनुुभविक वरिष्ठता, विश्लेषकीय प्राज्ञिक व्यक्तित्वको कारण पनि यसले नयाँ आयाम पाइरहेको छ भन्दा अत्युुक्ति नभएर तथ्योक्ति हुुन्छ ।

मैले धेरै अघिदेखि यो पत्रिकामा स्तम्भकारको रूपमा समसामयिक सिर्जना, विश्लेषणपरक राजनीतिक लेख, सामाजिक र साहित्यिक आलेख पस्कँदै आएको थिएँ । हालका प्रधानण्सम्पादक पुुरुषोत्तम दाहाल अघि गोविन्द लुुइँटेल जो लामो समय यसका प्रधान सम्पादक भएर आफ्नो कार्यकाल बिताए त्यतिखेरदेखि म यसमा सम्बद्ध थिएँ । हिटामा दाहालजी प्रधान सम्पादकको रूपमा आउनुभएको करिब तीन वर्ष हुन लाग्यो । उहाँले सम्पादनको प्रमुख नायकत्व लिएकै दिन मलाई फोन गरेर ल, दाजु हिमालय टाइम्सलाई तपाईंले करिब आठ सय शब्दसम्मको चोटिला समसामयिक सिर्जनात्मक लेख हप्ताको एउटा पठाउनु होला फरक नपरोस् भनेर अनुरोध गरेपछि मैले निरन्तर हालसम्म उहाँको आग्रहलाई स्वीकारेर झन्नै एक सय सत्तरी जति लेखहरू प्रकाशन भइसकेछन् यस अवधिमा ।

बहुुदलको आगमनको लगत्तै रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमका उत्सर्जक र सफल प्रस्तोता बनेर लोकप्रियताको चुली चुमेका पुरुषोत्तम दाहाल नेपाली कांग्रेस प्रशिक्षण विभागका प्रमुख बनेर देशैभर सैद्धान्तिक, व्यावहारिक एवं बौद्धिक रूपमा ने.कां. कार्यकर्तालाई संस्कारिक बनाउने सुकाम गरे पनि ।

केही वर्ष अन्नपूूर्ण पोष्ट, गोरखापत्र, नेपाल समाचारपत्र, नागरिक दैनिक जस्ता अखबारहरूमा पनि म स्तम्भकारकै रूपमा कलम चलाएँ । पुरुजी राजधानी दैनिकको प्रधान सम्पादक हुँदा पनि म लेख, कविता, व्यङ्ग्य र समालोचकीय आलेखहरूमार्फत सम्बद्ध भइरहेँ । पुुरुषोत्तम दाहाल नाताका दष्टिकोणले मेरा एक आत्मीय भाइ, अनन्य मित्र र लोकतान्त्रिक विचारधाराका निकट पात्र हुन् । उनी मेधावी प्राध्यापक, राजनीतिक विश्लेषक, वरिष्ठतम पत्रकार, सबल गद्य कवि, सफल आख्यानकार तथा चर्चित मानवअधिकारका अभियन्तासमेत हुनुहुुन्छ ।

बहुुदलको आगमनको लगत्तै रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमका उत्सर्जक र सफल प्रस्तोता बनेर लोकप्रियताको चुली चुमेका यिनी नेपाली कांग्रेस प्रशिक्षण विभागका प्रमुख बनेर देशैभर सैद्धान्तिक, व्यावहारिक एवं बौद्धिक रूपमा ने.कां. कार्यकर्ताहरूलाई संस्कारिक बनाउने सुकाम गरे पनि । उनको स्थापित आकर्षक व्यक्तित्व सबै पुस्तासित घुलमिल गर्न रुचि राख्छ । बोलीमा विनम्रता, वक्तृत्वमा निखार तथा प्रभावकारिता र तर्कका पुुटले उनी साँच्चैका वाघ्घरि, उत्प्रेरक, उत्साहदाता तथा पृष्ठपोषकीय व्यक्तित्व बनेका छन् । २०२६ सालदेखिको हाम्रो संगतको फेहरिस्त केलाउँदा छुट्टै ग्रन्थ बन्छ होला यो सानो प्रस्तुतिमा सम्भव छैन पनि ।

मूलतः यो तीन वर्षको अवधिमा हिटाका अखबारी कलमले राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका विश्लेषणपरक प्रस्तुति, यथार्थपरक घटनाप्रधान सूचनाहरूको संप्रेषण, आवाजविहीनका आवाज अत्यधिक रूपमा मुखर गरेको छ । पाका, अनुुभवी, विज्ञ मनीषिहरूको खोजपूर्ण सामग्री, देशको समसामयिक अभिनूतन वर्तमानको सर्वपक्षीय दशा, समस्या समाधानका तार्किक एवं व्यावहारिक निष्कर्षहरू स्तम्भकारले आआफ्ना मौलिक शैलीको जलप दिएर मिहिनेतपूूर्वक पस्किनु भएको छ । हरेक शनिबार भाषावाङ्मयका विविध विधामा ( समालोचना, कृतिसमीक्षा, शास्त्रीय एवं आधुनिक कविता, गीतगजल, थलचर तथा जलचर प्राणीहरूको परिचय) अमिला, पिरा, गुलिया नुनिला आस्वादका सिर्जना पढ्न पाउँने वातावरण निश्चय नै हिमालय टाइम्सको अग्रगतिको फड्को हो ।

निष्पक्षता, तटस्थता, निर्भीकताको अलावा व्यंग्यचित्र सारपूूर्ण संपादकीयका अन्तरध्वनि हिटाका विशिष्टता हुन् । साजसज्जामा कमी र पत्रिकाको काय सानो भएता पनि यसले पाठकहरूमा पिलाएको खुराक अब्बल छ भन्न हिच्किचाउनुु पर्दैन । हुन त कोरोना कालपछि प्रायः सबै दैनिक पत्रिकाहरूका कलेवर केही दुुब्ला, ख्याउटे, पातलो पनि बनेका छन् भने डिजिटल पत्रिकाहरूको बाढीमा यस्ता पत्रिकाहरू बालबाल बँचेर आफ्नो अस्तित्व स्थापना गर्न संघर्षरत बनेको टड्कारो थिति पनि छ । प्रतिस्पर्धाको रंगशालामा अब्बलकोटिको पत्रकारिता गर्न कम्मर कसेको हिटाले आफ्नो साख र छविलाई अग्रगमनको पथमा हिँडाउँदै आएको छ ।

समय समयमा यसका स्तम्भकार, संवादाता र हिटा परिवारबीच अन्तक्र्रियात्मक बैठकहरूहरू हुन सकून् । राज्य शासनलाई पारदर्शी, जवाफदेही, जनसेवी र सुशासन प्रदान गर्नसक्ने बनाउन वाचडगको भूमिका निर्वाह गर्दै आएको हिटा अझ प्रबल कौशलताले प्रस्तुुत हुन सकोस् ।

देशव्यापी रूपमा हरेक जिल्लामा यो पत्रिका पुुग्न सकेको छैन । त्यो रिक्ततालाई अनलाइनको माध्यबाट क्षतिपूूर्ति केही हदमा भएको त छ तर अन्य पत्रिकाको दाँजोमा सबै जिल्लामा सशरीर पुु¥याउन हिटाको व्यवस्थापन पक्ष क्रियाशील बन्न पर्ने देखिन्छ भने यस पत्रिकामा सम्बद्ध पत्रकारकर्मी तथा स्तम्भकारलाई अझ आकर्षण बढाउन केही योजना बनाउनुपर्ने अनुुभूूति गरेको छुु । मिसन र भिजन बोकेको पत्रकारिता नै उदात्त र चिरस्थायी हुने कुरा सर्वविदितै छ । आगामी दिन हिटाका अंकहरू अझ विचारोत्तेजक, शल्यक्रियात्मक आलेखमा आफ्नो शिल्पकला खारोस् ।

समय समयमा यसका स्तम्भकार, संवादाता र हिटा परिवारबीच अन्तक्र्रियात्मक बैठकहरू हुन सकून् । राज्य शासनलाई पारदर्शी, जवाफदेही, जनसेवी र सुशासन प्रदान गर्नसक्ने बनाउन वाचडगको भूमिका निर्वाह गर्दै आएको हिटा अझ प्रबल कौशलताले प्रस्तुुत हुन सकोस् । जेफरसन, नेपोलियन बोनापार्ट, जवहारलाल नेहरूका पत्रिकासम्बन्धी अवधारणा मनन गर्दै नेपाली पत्रिकामा हिमालय टाइम्स हिमालजस्तै सग्लो, अग्लो, सफा र अचल भएर पत्रकारिताको लक्ष्य र उद्देश्यमा आफ्नो रचनात्मक जनमुखी यात्राका पाइला दर्बिलोसित टेक्दै बेग्लै विशेषतामा गौरव दिइरहोस् । अन्त्यमा वर्षगाँठको पावन उपलक्ष्यमा हिटा परिवारका सबै पक्षमा धन्यवाद !! समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?