विजयमा विश्वस्त ताराबहादुर

विनोद दाहाल वत्स
Read Time = 8 mins

काभ्रे जिल्लाको क्षेत्र नं २ प्रदेशसभा-१ बाट प्रतिस्पर्धामा रहनुभएका ताराबहादुर कुँवरको विजय सुनिश्चित देखिएको छ । उहाँको समाजसेवी छवि र प्रतिस्पर्धीहरू कमजोर भएका कारण उहाँ आफ्नो विजय सुनिश्चित भएको बताउनु हुन्छ । उक्त क्षेत्रबाट गठबन्धनतर्फबाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल र नेकपा एमालेका कुमार खकुरेल पनि उम्मेदवार हुनुहुन्छ । कुँवरको प्रतिस्पर्धा उहाँहरूसँग नै हुनेछ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लम्साललाई गठबन्धनको साझा उम्मेदवार बनाएको भए पनि आफ्नै प्रभाव राम्रो रहेको कुँवरको दाबी छ ।

तीनवटै पार्टीको साझा उम्मेदवार र एमालेबाट पनि उम्मेदवार भए तापनि त्यस क्षेत्रबाट कुँवरकै पक्षमा जनलहर आएको बताइन्छ । आफ्नो समाजसेवी तथा व्यवसायी व्यक्तित्वका कारण यहाँका जनताले आफूmलाई मतदान गरी विजय गराउँछन् भन्ने उहाँको धारणा छ । प्रतिस्पर्धीका कारणले मात्र होइन आफ्नै पक्षमा मतदाताहरूको पूर्णरूपमा भरोसा भएका कारण नै आफूले विजय गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

सानो व्यवसायबाट आफ्नो जीवनको व्यावसायिक कार्य सुरु गर्नुभएका कुँवर हाल नेपालका अग्रपंक्तिका व्यवसायीहरू मध्येमा पर्नुहुन्छ । उहाँ एकजना संघर्षशील व्यक्ति हुनुहुन्छ । संघर्ष गरेरै उहाँ सामान्य अवस्थाबाट हालको अवस्थासम्म पुग्नु भएको हो ।

काभ्रेको भुम्लु चौबास कोड्काका कुँवरले आफूलाई अहिलेको रूपमा स्थापित गर्न निकै संघर्ष गर्नुपरेको थियो । उहाँले प्रारम्भिक कालमा ठेलागाढाबाट सुरु गर्नु भएको व्यवसाय रिक्सा, टेम्पु, ट्रिपर, ट्रक, हुँदै हाल उहाँ हृयाभी इक्विपमेन्टको व्यवसायी मानिनुहुन्छ । उहाँ विभिन्न व्यावसायिक संघहरूमा पनि रहिसक्नुभएको छ । नेपाल सरकारको अनुरोधमा उहाँले आफ्ना डोजरहरू काठमाडौं उपत्यकाका खोला किनारका बाटाहरू बनाउने क्रममा निःशुल्क उपलब्ध गराउनु भएको थियो । नेपाल प्रहरीले समेत उहाँसँग यसका लागि आग्रह गरेको थियो ।

जनतालाई चाहिएको विकास हो व्यक्ति होइन भन्ने सोचाइ राख्ने कुँवर आफूले पहिलेदेखि नै पनि यस्ता कार्यमा सहयोग पुर्‍याउँदै आएकोमा अब प्रदेशसभा सांसद विजयी बनेपछि यस्ता कार्यमा अझै सहयोग पुग्छ भनेर पनि मतदाताहरूले आपूmलाई मतदान गर्नेमा विश्वस्त हुनुहुन्छ ।

कुँवरले आफ्ना डोजरहरू आफ्नो जिल्लाका सडक तथा अन्य संरचनाहरू निर्माणका लागि निःशुल्क उपलब्ध गराउँदै आउनु भएको छ ।
यसका साथै उहाँले आफ्नो जिल्लाका विभिन्न विद्यालय तथा कलेजहरूका विद्यार्थीहरूलाई जाडो महिनामा लगाउने स्वीटरलगायत न्यानो लुगा, खेलकुदका सामग्री, कपी, कलम, किताबलगायत शैक्षिक सामग्री वर्षैपिच्छे उपलब्ध गराउँदै आउनुभएको छ । यसका साथै कोरोना र हाल फैलिएको डेंगुको महामारीमा पनि उहाँले आफ्ना जिल्लावासीलाई खाद्यान्न, लत्ताकपडा, नुन, तेल, चिनीलगायत सामग्री उपलब्ध गराउनुभएको थियो । प्रतिष्ठित व्यवसायीका रूपमा कुँवर त्यहाँ चिनिनुका साथै सबैको सम्मान आर्जन गर्न सफल हुनुहुन्छ ।

यस क्षेत्रमा गठबन्धनको र एमालेबाहेक केही साना पार्टीका र स्वतन्त्र केही उम्मेदवारहरूसमेत रहेका छन् तर उहाँको प्रतिस्पर्धा भने गठबन्धनका लम्साल र एमालेका खकुरेलसँग मात्रै हुने देखिएको छ । समाजसेवा तथा व्यवसायी कुँवर आफ्नो बोलीवचनका कारण पनि त्यस क्षेत्रमा सबैका प्रिय हुनुहुन्छ । सबैसँग मीठा बोलीवचन गर्ने कुँवर ज्येष्ठ नागरिक, किसान, व्यापारी सबैमाझ प्रिय देखिँदै आउनु भएको छ । लोरो चिहृन लिएर त्यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा उहाँ खडा हुनुभएको छ । अध्यात्ममा समेत गहिरो आस्था राख्नु भएका कँुवर आफ्नो क्षेत्रका मठमन्दिरमा पाठपूजा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गरिरहनु भएको छ ।

Tara Bahadur

आफ्ना प्रत्येक मतदाताहरूसँग नछुटाई भेटको अभियानमा उहाँ रहनु भएको छ । र अब प्रचारप्रसारका बाँकी दिनमा भेट गर्न बाँकी रहेका मतदातासँग भेट गरिसक्ने उहाँको योजना छ । त्यस क्षेत्रमा आफ्नो निजी आर्थिक सहयोगबाट सडकलगायत विकास निर्माण भएका कारणले पनि उहाँ आफ्नो विजय सुनिश्चित छ भन्ने ठान्नुहुन्छ । जनतालाई चाहिएको विकास हो व्यक्ति होइन भन्ने सोचाइ राख्ने कुँवर आपूmले पहिलेदेखि नै पनि यस्ता कार्यमा सहयोग पुर्‍याउँदै आएकोमा अब प्रदेशसभा सांसद विजयी बनेपछि यस्ता कार्यमा अझै सहयोग पुग्छ भनेर पनि मतदाताहरूले आफूलाई मतदान गर्नेमा विश्वस्त हुनुहुन्छ ।

उहाँ आफ्नो निरन्तर समाजसेवा अभियानमै हुनुहुन्छ । हजुरलाई नमस्ते सामाजिक अभियान त निकै लामो समयदेखि नै उहाँ सञ्चालन गर्दै आइरहनुभएको छ । कुनै पार्टीप्रतिको संलग्नता नदेखाई समाजसेवी छविलाई कायम राख्दै राजनीतिमा संलग्न हुन चाहनु भएका कारणले उहाँ स्वतन्त्र उम्मेदवारका रूपमा खडा हुनुभएको हो । हाल धेरैको चाहना लौरो चिहृन भएको हुँदा उहाँले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिई लौरो चिहृन लिनुभएको छ ।

नेपाल सरकारबाट हालै प्रबल जनसेवा पदक प्राप्त गर्नुभएका कुँवरले विजय हासिल गर्नु भएका खण्डमा यस क्षेत्रको विकास निर्माणमा व्यक्तिगत तथा सरकारी तबरबाट समेत सहयोग पुग्ने कुरामा यस क्षेत्रका मतदाताहरू विश्वस्त देखिन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?