-पुरन साह
जनकपुरधाम । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मधेशको राजधानी जनकपुरधाममा प्रादेशिक ललितकला प्रर्दशनीको आयोजना गरेकोमा स्थानीय उत्कृष्ट कलाकृतिको प्रदर्शनी भइरहेको छ ।
जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित चार दिवसीय ललितकला प्रदर्शनीमा उत्कृष्ट हुने कलाकृति राष्ट्रिय प्रतिस्पर्धा र पुरस्कारका लागि छनोट हुने छ ।
मधेश प्रज्ञा प्रतिष्ठाको समन्वयमा आयोजित प्रदर्शनीको अन्तिम दिन चैत पाँच गते विज्ञहरुको निर्णय बमोजिम प्रदेशका उत्कृष्ट कलाकृति राष्ट्रिय छनोट प्रतिस्पर्धाका लागि पठाइने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मधेश प्रदेश संयोजक अरुणा हिमांगले बताउनु भयो। प्रदर्शनीमा ७६ वर्षिय वृद्वा कलाकारले धागोले बनाएको गणेश भगवानको प्रतिमादेखि एक से एक कलाकृतिहरु राखिएको छ ।
प्रादेशिक स्तरमा पहिलो पटक भएको यस्तो आयोजनाले स्थानिय कलाकारसमेत खुसी छन् । यस्तो भएपछि अव अवसरको अभावमा ओझेलमा परेका बास्तिक कलाकारसमेत राष्ट्रिय स्तरमा पुग्नसक्ने भएको भन्दै उनीहरु हर्षित भएका हुन् । जनकपुरधामकी मिथिला चित्रकार रुबि पाठकले अब बास्तविक कलाकार राष्ट्रिय र अन्तराष्ट्रिस्तरमा पुग्ने आशा जागेको बताउनु भयो ।
आयोजनाको अभिभावकत्व ग्रहण गरेको मधेश प्रज्ञा प्रतिष्ठानले यस्ता संस्थाहरु समेत संघीयताको प्रादेशिक मर्म आत्मसाथ गर्दै स्थानीय कलाकारसम्म पुग्नु नै महत्वपूर्ण रहेको र अव पहुँच होइन मेहनत र उत्कृष्ट कलाकृतति अगाडि बढ्ने प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडि भ्रमरको दावी छ । उहाँले पहिला पहुँच र जानकारीको भरमा सीमित कलाकारहरु सिधै आफँै काठमाडौं पुग्ने गरेकोमा यस पटक स्थानीय स्तरबाट छनोट भएर जाने प्रतिभाले अवसर पाउने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच