साफ यू-१७ : रसियासँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३-० गोलले पराजित भएको हो ।

रुसलाई जित दिलाउन एलिना गोलिकले दुई र पोलिना फिल्सिनाले एक गोल गरिन् । आइतबारको तेस्रो खेलमा हारेसँगै नेपालले खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ ।

पहिलो खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोलले हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?