![प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uml-sachiwalaya.jpg)
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतीको सीमाङ्कन गर्ने र विदेशमा सम्पती राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि नेपालीहरुको विदेशमा सम्पती भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पतीको सीमाङ्कन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताउनु भयो । उहाँले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालीको सम्पतीको सीमाङ्कन गर्ने र विदेशमा सम्पती राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पती भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाई बिदा कटौति गर्नुपर्छ ।’
सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच