आज यी २ प्रदेशमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १/२ स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १/२ स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन विभागले आग्रह गरेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका पहाडी भेगका १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १/२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। कर्णालीका पहाडी भेगका १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १/२ स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?