म्युनिख र डर्टमुण्डको जित

Read Time = 2 mins

म्युनिख । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमुण्डले जित हात पारेका छन् । बायर्न म्युनिखले घरेलु मैदानमा भिएफएल बोचुमलाई ३-० ले पराजित गरेको हो । बायर्नको जितमा थोमस मुलर, किङ्सले कोमान र सर्ज नाब्रीले गोल गर्नुभयो ।

खेलको ४१औँ मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । ६४औँ मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पार्नुभयो । ७४औँ मिनेटमा सर्ज नाब्रीले पेनाल्टीमा गोल गर्दै बायर्नको जित पक्का गर्नुभयो । यस जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २० खेलबाट ४३ अंक पुगेको छ । पराजित बोचुम १९ अंक जोडेर १५औँ स्थानमा रहेको छ ।

अर्काे खेलमा बोरुसिया डर्टमुण्डले वेर्डर ब्रेमेनलाई २-० ले पराजित गर्‍यो । डर्टमुण्डको जितमा जेमी बाइनोइ जिटेन्सले गोल गर्नुभयो । यस जितसँगै तेस्रो स्थानमा रहेको डर्टमुण्डको २० खेलबाट ४० अंक पुगेको छ । पराजित ब्रेमेन २७ अंक जोडेर नवौँ स्थानमा छ ।

यता, आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु मैदानमा ब्रेन्टफर्डसँग १-१ गोलको बराबरी खेलेको हो । आर्सनलका लियान्द्रो ट्रोससार्डले गोल गर्दा ब्रेन्टफर्डका इभान टोनीले बराबरी गोल फर्काउनुभयो । यो बराबरीपछि आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रतालाई बढाउने मौका गुमाएको छ । आर्सनलको २१ खेलबाट ५१ अंक छ । समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४५ अंक छ । ब्रेन्टफर्ड २२ खेलबाट ३४ अंक जोडेर आठौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?