काठमाडौं । कराँतेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्वय सुनिता विष्ट र सीता तामाङलाई सम्मान गर्नुभएको छ । लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आउनुभएका पूर्वखेलाडी आर के, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले एक कार्यक्रमबीच नेपालका तेक्वान्दो खेलाडीलाई नगदसहित सम्मान गर्नुभएको हो ।
पूर्वखेलाडी आरके र खेलप्रेमी समूहले तेक्वान्दो खेलाडीद्वय सुनिता र सीतालाई करिब एक लाख रुपैयाँद्वारा सम्मान गर्नुभएको थियो । आरकेले आफू पनि खेलाडी भएकाले देशका खेलाडीलाई प्रोत्साहित गर्न उनीहरूलाई सम्मान गरेको बताउनुभयो । ‘उहाँहरू तेक्वान्दोको मास्टर्स पनि हुनुहुन्छ । खेल्ने र खेलाउने दुवै गर्नुहुन्छ ।
त्यसैले पनि देशको खेल विकासमा काम गर्न अभैm प्रोत्साहन मिलोस् भनेर सम्मान गरेका हौँ,’ कराँतेका पूर्वखेलाडी आरकेले भन्नुभयो । तेक्वान्दो खेलाडीद्वय सुनिता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत हुनुहुन्छ । दुवैजना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्लो तीन सातादेखि प्रशिक्षण गरिरहनुभएको छ ।
विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नीति तथा कार्यक्रमअनुसार जारी मास्टर टे«निङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् । उक्त प्रशिक्षण कार्यक्रम आगामी अक्टोबर ३१ तारिखमा सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच