पाल्पा । पाल्पाको सामाजिक क्षेत्रमा समर्पित समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका –३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडांैमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भारतीलाई तीन हप्ता अघि उपचारको लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको निधनले पाल्पा यति बेला शोकमा डुुवेको छ । सामाजको एक धरोहरको निधनले सामाजिक क्षेत्रमा ठूलो क्षति पुुगेको पाल्पालीले महसुस गरेका छन् ।
पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा समाजसेवी भारतीले जीवनको पुरा समय सर्मपित गर्नुभएको थियो । उहाँले आँखाको उपचारबाट कोही पनि बञ्चित हुन नपरोस् भन्दै पाल्पा लायन्स लाकौल आँखा अस्पताल निर्माण देखी, विभिन्न अक्षयकोष स्थापना गर्नमा ठूूलो भूमिका खेल्नुभएको थियो । जनता माध्यमिक विद्यालयमा विभिन्न किसिमको छात्रबृत्ति अक्षयकोष, विभिन्न साहित्य क्षेत्रमा कलम चलाउनेहरुको लागि साहित्य अक्षयकोष, जिल्ला संगठनको लामो समयसम्म अध्यक्ष भई बालबालिकाको हकहितको क्षेत्रमा उहाँको उल्लेखनिय योगदान रहेको छ ।
यस्तै भारतीले जनता विद्यालय स्थापना गर्न श्रीमान् इन्द्रलाल भारतीसँग काधमा काध मिलाएर जग्गा व्यवस्थापनदेखी विद्यालय सञ्चालन गर्न महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । भारतीले बालबालिकाहरुलाई पठन–पाठन गराउनु पर्छ भनि बाग्लुङ्ग ,पाल्पा लगायतका जिल्लामा निःशुल्क रुपमा पढाउने काम समेत गर्दै आउनुभएको थियो ।
उहाँ भारती माष्टर्नीको नामले समेत परिचित हुनुहुन्थ्यो । पञ्चायती शासन विरुद्ध पनि महिलाहरुलाई संगठित गर्दै प्रजातन्त्र स्थापनको लागि महत्वपूर्ण भुमिका भारतीको रहेको छ । खरो स्वभावकी भारती महिला अधिकार, महिला माथिको दमन थिचोमिचो विरुद्ध पनि आवाज उठाउने महिलाको रुपमा परिचित हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच