काठमाडौं । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा मलेसियाविरुद्ध नेपाल विजयी भएको छ ।
मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो । नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एकएक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच