भोजपुर । कानुनी कुराहरुका बिषयमा सचेत गराउन भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ती शिविर सञ्चालन गरिएको छ ।
पालिका भित्रका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहुँच विस्तार गर्न उद्धेश्यले शिविर सञ्चालन गरिएको हो । राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको ज्ञान नहुदाँ आउने समस्याका विषयमा स्थानीय नागरिकहरुलाई शिबिर मार्फत जानकारी गराईएको छ ।
कानुनी सेवालाई सहजरुपमा गाउँस्तरमा समेत पुर्याउन यो कार्यक्रम संचालन हुदै आएको गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले बताउनुभयो । यो परियोजना अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिका र धनकुटाको शहिदभूमि गाउँपालिकामा कार्यक्रम सञ्चालन हुदै आएको छ ।
स्थानीयस्तरमा बढी मात्रामा पञ्जीकरण सम्वन्धी समस्या देखिएको अधिवक्ता तथा नेपाल बार एसोशियसन भोजपुरका सचिव तिर्थकुमार राईले बताउनुभयो । स्थानीयस्तरमा देखिने कानुनी समस्या समाधानमा यस्ता शिविरहरुले मद्धत पुग्ने अधिबक्ता राईको धारणा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच