जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल सनवे मेडिकल सेन्टरबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । मंगलबार मलेसियामा एक कार्यक्रमकाबीच प्रतिष्ठान र मलेसियाका सनवे मेडिकल सेन्टरबीच एक आपसमा सहकार्यको सुरुवात गर्ने गरी सम्झौता भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा.मंगल रावल र सनवे मेडिकल हेल्थकेयर गुरुपको तर्फबाट प्रेसिडेन्ट डा.लाउ बेन लोङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानका उपकुलपति डा. रावलका अनुसार निकै महत्वपूर्ण सम्झौता भएको छ ।
सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेज र उच्चतम प्रविधियुक्त आधुनिक मेडिकल कलेजबीचको सहकार्यले प्रतिष्ठानको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको उपकुलपति डा. रावलको भनाइ छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :