कर्णाली स्वास्थ्य विज्ञान र मलेसियाको सनवे मेडिकल सेन्टरबीच सम्झौता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल सनवे मेडिकल सेन्टरबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । मंगलबार मलेसियामा एक कार्यक्रमकाबीच प्रतिष्ठान र मलेसियाका सनवे मेडिकल सेन्टरबीच एक आपसमा सहकार्यको सुरुवात गर्ने गरी सम्झौता भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा.मंगल रावल र सनवे मेडिकल हेल्थकेयर गुरुपको तर्फबाट प्रेसिडेन्ट डा.लाउ बेन लोङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानका उपकुलपति डा. रावलका अनुसार निकै महत्वपूर्ण सम्झौता भएको छ ।

सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेज र उच्चतम प्रविधियुक्त आधुनिक मेडिकल कलेजबीचको सहकार्यले प्रतिष्ठानको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको उपकुलपति डा. रावलको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?