मानिस ईश्वरको सृष्टिमा सर्वश्रेष्ठ प्राणी हो । यसका आफ्नै पहिचान र स्वरूप छन् । त्यसैले मानिसलाई ईश्वरले गतिलो र संसारको उत्तम प्राणीका रूपमा मानेका छन् । बाटो बिरायो भने सर्वनाशको कारण पनि बन्न सक्छ मानिस । यदि उसले गलत मार्ग अवलम्बन गरेर आफूलाई सर्वोपरि ठान्यो भने सिर्जनशील मानिस सर्वनाशको कारण पनि हो । त्यसैले मानिसले मानवीय भावनाको खोज र मानवीय चेतनालाई जीवन्त बनाउनुु आवश्यक देखिन्छ । मानिस हिँड्ने बाटो सत्य र असत्यको हुने गर्दछ । सत्यको मार्गमा पाइला टेक्ने मानिस सदा जीवनलाई गतिशील बनाउँदै आफूलाई चर्चित बनाएको हुन्छ । त्यसैले गतिशील बन । सत्यलाई नछोड । गलत मार्ग अवलम्बन नगर भन्नुु नै हाम्रो पहिचान हो उत्तरवर्ती पुुस्तालाई ।
हस्तिनापुरका प्रधान सेवक धृतराष्ट्रले आफ्नो पुुत्रमोहलाई त्यतिबेलासम्म जीवित राखे जबसम्म युुद्धको लागि दुुवै सेना तयार भएनन् । युुद्धका लागि तयार भएका दुुवैतर्फका सेनाको विवेक र बुुद्धिमत्तापूूर्ण निरीक्षणपछि उनले दुुर्योधनलाई युुद्धमा हाम्रो हार निश्चित छ भन्ने कुराको सङ्केत गरे । यदि यो युुद्ध भयो भने हाम्रो वा कौरव सेनाको सर्वनाश हुने कुरालाई सम्बोधन गरेका छन् धृतराष्ट्रले । दुर्योधनलाई सम्बोधन गर्दै भन्छन् उनी :
शमो मे रोचते नित्यं पार्थैस्तात न विग्रह
कुरुभ्यो हि सदा मन्ये पाण्डवान् शक्तिमत्तरान् ।।
पाण्डवहरूसित युुद्ध गर्नुु ठीक होइन । उनीहरूसित सन्धि गरेर युुद्धलाई टाल्नुु आवश्यक छ । पाण्डव हामीभन्दा निकै शक्तिशाली छन् । यो एउटा पिता जो पुुत्रस्नेहमा फसेको छ त्यसको उक्ति हो । सन्तानको भविष्य राम्रो होस् भन्ने चाहना पक्कै पनि पिताको हुने गर्दछ । तर, छोरो (दुुर्योधन) अहङकारले उसलाई सही बाटो निर्देश गरेको छैन । पिताको वचनलाई पनि तिरस्कार गर्ने दुुर्योधन अन्ततः मृत्युुको शिकार बन्यो ।
हमास पनि दुुर्याेधनजस्तै आत्मरतिमा रमेको इस्लामिक सङ्गठन हो । सुुन्नी समूहको प्रतिनिधित्व गर्ने हमास आफैँमा शासक पनि हो । अनायाश सात अक्टुुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण ग¥यो र केही मानिसलाई बन्दी बनायो । आजसम्म ती बन्दीहरूलाई छुुडाउन सकेको छैन इजरायलले ।
आत्मरतिमा रमेको दुुर्योधन :
बुुबाले भनेका कुरालाई छोराले सही मान्नुपर्दछ । पिताका वचन कहिले पनि गलत मार्गतिर जाँदैनन् यो सत्य हो । विपरीत बुुद्धि र अहङ्कारका कारण दुुर्योधन आत्मरतिमा रमेको छ । यो युुद्ध म जित्नेछुु भन्ने विश्वास पितालाई दिन चाहेको छ । यो युुद्ध असत्यमाथि सत्यको थियो । अधर्ममाथि धर्मको थियो । अन्यायमाथि न्यायको थियो । यो कुरा दुुर्योधनलाई पनि जानकारी थियो तर उसभित्रको आत्मरतिले उसलाई कमजोर बनाएको छैन । ऊ युुद्ध जित्नेमा निश्चित छ । बुुबालाई सान्त्वना दिँदै भन्छ :
विदीर्यमाणां वसुुधां गिरीणां शिखराणि च
लोकस्य पश्यतो राजन् स्थापयाम्यभिमन्त्रणात् ।।
पिता ! म फाटेको पृथ्वी र खण्डखण्ड भएका पर्वतहरूलाई मन्त्रबलबाट पुुरानै अवस्थामा फर्काउन सक्छुु । यो उसमा देखिएको आत्मरति हो । आत्मरतिमा रमाउने मानिस कहिले पनि आफूलाई कमजोर मान्दैन । उसले म सबै कुरा गरेर देखाउनेछुु भन्ने वाचा आफैंसित गरेको हुन्छ । उसको वाचालाई अरूले पत्याउँदैनन् । दुुर्योधन तत्कालीन समयको वीरताले भरिएको व्यक्ति हो । उसभित्र वीरता र आफूप्रतिको विश्वास खाँदिएर भरिएको छ । त्यो विश्वासलाई दुुर्योधनले अन्तिम अवस्थासम्म पनि जीवित राखेको देखिन्छ । युुद्ध अवश्य हुुुन्छ । पटकपटक पाण्डवभन्दा कमजोर सावित भए पनि ऊ युुद्धको मोर्चामा जाने तयारीमा देखिएको छ तर दुुर्योधनमा अमानवीय व्यवहार भने थिएन । आत्मरतिमा रमे पनि ऊ भित्रको वीरताले कहिले पनि आफूलाई कमजोर सावित गर्न सकेन । त्यसैले आत्मरतिमा रम्ने दुुर्योधन जस्तै छ हमास पनि ।
हमास पनि दुुर्याेधनजस्तै आत्मरतिमा रमेको इस्लामिक सङ्गठन हो । सुुन्नी समूहको प्रतिनिधित्व गर्ने हमास आफैँमा शासक पनि हो । अनायाश सात अक्टुुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण ग¥यो र केही मानिसलाई बन्दी बनायो । आजसम्म ती बन्दीहरूलाई छुुडाउन सकेको छैन इजरायलले । केही छुुटे तर धेरैजसो बन्दीहरू हमासकै नियन्त्रणमा रहेका छन् । हमासको यो कायरतापूर्ण आक्रमणबाट रिसाएको इजरायल हमासको अन्त्य गर्ने अठोटका साथ युुद्धमा होमिएको छ । आजसम्मको अवस्था हेर्ने हो भने युुद्ध एकतर्फीमात्र देखिएको छ । इजरायलको सेनाले स्थल (जमिन) नभ (आकाश) र जल (समुुद्र) बाट आक्रमण गरिरहेको छ ।
मानवीय भावना र मानवता धुुजाधुुजा भइसकेको छ । हमासको सर्वनाश इजरायलको मुुख्य मान्यता रहेको देखिएको छ युुद्धको अवस्थालाई हेर्ने हो भने । यो यति भयङ्कर डरलाग्दो युुद्ध होला भन्ने कल्पना कसैले पनि गरेको देखिँदैन । यो युुद्धका कारण रसिया र युुक्रेनको युुद्ध ओझेलमा परेको छ । अस्पताल, मस्जिद र मानवलाई रक्षाकवच बनाएर लडिरहेको हमास कमजोर सावित भएको छ यो युुद्धमा । मानिसलाई अपहरण गरी बन्दी बनाएर युुद्ध जितिन्छ भन्ने हमासको आत्मरति दुर्योधनको जस्तै देखिएको छ ।
महाभारतकको दुुर्योधन आत्मरतिमा रमे । उनीभित्रको आत्मरतिले उनलाई युुद्धको मैदानमा पराजित हुनुुपरेको थियो । महाभारतकालीन हतियार र सैन्य व्यवस्था आजको होइन । आजको सैन्य व्यवस्था विज्ञानको सम्पन्नताले भरिएको छ । आधुुनिक हातहतियारले सजिएको छ तर त्यो युुद्ध धर्मयुुद्ध थियो । यो युुद्ध के हो शक्तियुुद्ध भन्न मिल्ला ? यो युुद्धको कारण विश्वको राजनीति तातेको छ । सबै देश एक अर्कालाई सहयोग गर्ने अवस्थामा पुुगेका छन् । तर यो युुद्ध विज्ञानको त्यो दुुरुपयोग हो जहाँ मानवता क्षतविक्षत भएको छ ।
आत्मरतिमा रम्ने महाभारतको दुर्योधन र सोही रतिमा सबल हुन खोज्ने हमासको अवस्था एकै रहनेछ । मानवीय भावना र मानव चित्कारले युुद्धभूमि गुुञ्जिएको छ । विश्वका शक्तिशाली देश युुद्धरत देशलाई सहयोग गर्दै मानवताको रक्षाको वकालत गरिरहेका छन् ।
मानवीय भावना र मानवताको रक्षाका लागि जति नै घोक्रो फुलाए पनि कसैले सुनेको छैन । शक्तिशाली राष्ट्र विभाजित भएका छन् । यो विभाजन महाभारतकालीन विभाजनजस्तै भएको छ । दुर्योधन आत्मरतिमा रमेर युुद्ध हारे । हमास पनि आत्मरतिमा रमेर नै समाप्त हुने अवस्थामा पुुगेको देखिन्छ ।
आफैँमा विश्वास :
मानिसले सधैँ आफूूमा विश्वास गर्नुपर्दछ । उसले आफूूमा विश्वास गरेन भने कुनै पनि कामलाई पूूर्णता दिन सक्दैन । दुुर्योधनले आफूमाथि पूूर्णरूपमा विश्वास गरे । उनले आफ्ना सेना वा महारथीमाथि नभई आफूूमाथि नै विश्वास गरेका थिए । युद्धमा विश्वास आफूूमाथि हुनुु आवश्यक छ । यदि विश्वास नै भएन भने युुद्ध जितिँदैन । यही विश्वासमा दुुर्योधन पिता धृतराष्ट्रलाई सम्बोधन गर्दै भन्छन् :
सरितः सागरं प्राप्य यथा नश्यन्ति सर्वशः
तथैव ने विनङ्क्ष्यन्ति मामासाद्य महान्वयाः ।।
पहाडका कन्दराबाट निक्लेका नदीहरू जब समुुद्रमा पुुगेर आफूलाई वा आफ्नो अस्तित्वलाई समाप्त पार्छन् । यी पाण्डवहरू पनि यदि मसित युुद्ध गर्न आए भने सबै समाप्त हुन्छन् । कस्तो विश्वास आफूप्रति दुुर्योधनलाई । यही विश्वासमा दुुर्योधन युुद्धमा होमिएका थिए । यो युुद्ध आफूप्रतिको विश्वास थियो । युुद्धमा जे पनि जायज हुन्छ भनिन्छ । सेनाको दृष्टिले दुुर्योधन शक्तिशाली थिए तर उनीसित सत्य, धर्म र न्याय थिएन । त्यसैले उनले युुद्ध हार्नुुुपरेको थियो । उनका पक्षमा भीष्मपितामह, गुुरु द्रोणाचार्य, कुलगुुरु कृपाचार्य, मित्र कर्ण थिए तर उनीसित सत्य थिएन । न्याय र धर्म थिएन । त्यसैले युुद्ध हारे । नदीहरू समुुद्रमा पुुगेपछि आफ्नो अस्तित्वलाई समाप्त पार्छन् । त्यसरी नै युद्धमा होमिएका पाण्डव मेरो अघिपर्दा समाप्त हुन्छन् भने । यो विश्वास उनले आफ्ना पितालाई दिलाउन खोजेका थिए ।
यो विश्वास हमासमा पनि थियो होला ? तर, हमासको यो विश्वासले पूूर्णता पाउन सकेन । आफू र आफ्नो सैन्य व्यवस्थामा विश्वास थियो । यही विश्वासका आधारमा उसले चाडवाड मनाइरहेका इजरायलीमाथि आक्रमण गर्यो । सो आक्रमणमा उनीहरूले मानिसलाई अपहरण गरे । ती मानवबन्दीको अवस्थाका बारेमा इजरायली सेनालाई जानकारी होला नहोला ? तिनको रक्षा हुनुु अनिवार्य छ । तर, हमासको विश्वासको जग कमजोर रहेको तथ्यलाई आजको इजरायली आक्रमणले देखाएको छ । यो युद्धको परिणाम जे होला ? शक्तिशाली मुुलुुकका बीचको यो टकरावले मानवीय भावनाको कदर गरेको छैन । मानिसका भावनालाई कदर गर्ने सबैको चाहलाई हमास र इजरायलले मान्नु अनिवार्य छ ।
युुद्ध आरम्भ भएको एक महिना भइसक्न आँटेको छ । यो युुद्धले विश्राम पाओस् । यो युुद्धले मानिसको बाँच्ने अधिकार नखोसोस् । सत्य जान्ने हो भने मानवताको रक्षाका निम्ति संसारका शक्तिशाली देशले रक्षा, सेना र हतियारमा खर्च गरेका होइनन् । जबसम्म मान्छेले मान्छेलाई मान्छेका रूपमा हेर्दैनन् तबसम्म मानवताको रक्षा हुन सक्दैन । यही हो आजको सत्य र आजको अवस्था पनि । महाभारतको दुुर्योधन आफैँ आत्मरतिमा रमे र युुद्धलाई निम्तो दिए । त्यो युुद्धले एउटा युुगलाई समाप्त पार्यो । नयाँ युुगको थालनी भयो । अब शक्तिशाली देश जबसम्म मानवताको वकालत गर्दै हतियार निर्माणमा सक्रिय हुन्छन् तबसम्म विश्वको इतिहासमा युुद्धको शङ्खघोष भइरहनेछ ।
आत्मरतिमा रम्ने महाभारतको दुर्योधन र सोही रतिमा सबल हुन खोज्ने हमासको अवस्था एकै रहनेछ । मानवीय भावना र मानव चित्कारले युुद्धभूमि गुुञ्जिएको छ । विश्वका शक्तिशाली देश युुद्धरत देशलाई सहयोग गर्दै मानवताको रक्षाको वकालत गरिरहेका छन् । यस किसिमको नीति लिँदाका अवस्थासम्म विश्वमा शान्तिको अवस्था सिर्जना हुँदैन । यही नै हो युुद्धको पहिचान पनि । विश्वका शक्तिशाली, विकसित, विकासशील र विकाशोन्मुुख देशका शासक हतियार निर्माणबाट मानवीय भावना र मानवताको रक्षा हुन सक्दैन । हतियार निर्माण बन्द गर । युुद्धको वकालत गर्न छोड । तबमात्र विश्वको अवस्था संयत र शान्तिपूूर्ण हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच