इलामको माइपोखरीमा पर्यटन प्रवर्द्धनका लागि उत्सव

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । खस्किएको पर्यटन व्यवसायलाई चलायमान बनाउन पूर्वी पहाडको रामसार क्षेत्र माईपोखरीमा धार्मिक पर्यटन उत्सवको आयोजना गरिने भएको छ । कोरोना माहामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई चलायमान गर्न इलामको सन्दकपूर १ स्थित माईपोखरीमा पर्यटन उत्सवको आयोजना गरिएको हो ।

माईपोखरीमा धार्मिक पर्यटकीय उत्सव मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना हुनेछ । त्रिधार्मिकस्थल माईपोखरीको महत्वको प्रचारप्रसार गरि आन्तरिक र बाह्य पर्यटकहरु इलाम भित्रयाउने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको आयोजक समितिका देबेन्द्र सुवेदीले बताउनुभयो ।

माईपोखरी पूर्वी नेपालको रामसार सुचिमा सुचिकृत धार्मिक र पर्यटकीय गन्तव्य हो । किराँत, बौद्य र हिन्दुको आस्थाको केन्द्र माईपोखरी नौ कुनामा फैलिएको छ । नौकुनाको माईपोखरीसँगै स-सना ३ वटा पोखरी रहेका छन् । धार्मिकसँगै पर्यटकीय गन्तव्य माईपोखरीमा अध्ययनकर्मी, पर्यटक र तिर्थालुहरु पुग्ने गरेका छन् ।

७ दिनसम्म आयोजना हुने धार्मिक पर्यटकीय उत्सवमा १० लाख भक्तजन र पर्यटकहरु भित्र्याउने लक्ष्य रहेको छ । पर्यटन उत्सवमा अध्ययन र अनुसन्धानकर्मीलाई आमन् त्रण गरिनेछ । धार्मिक सत्भाव कायम गर्ने उदेश्य रहेको उत्सवमा किराँत, वौद्य र हिन्दु धर्मगुरुहरुको उपस्थितिमा प्रवचन ८ दिनसम्म गरिनेसमितिका सह संयोजक गृष्म सुब्बाले बताउनुभयो ।

घना जंगलको बिचमा रहेको माईपोखरीमा नयाँ वर्ष, रामनहमी, दशैँ तिहार, हरिबोधन एकादशीमा पर्यटक र तिर्थालुको भिड लाग्ने गरेको छ । दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?