गम्भीर घाइते मध्ये २६ जनालाई नेपालगञ्ज ल्याइयो, १ जनाको अस्पताल पुगे लगत्तै मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । जाजरकोट भुकम्पमा परी गम्भिर घाइतेहरुलाई नेपालगञ्ज ल्याउने क्रम जारी रहेको छ । भुकम्ममा परी गम्भिर घाइते भएका २७ जना लाई पछिल्लो पटक नेपालगञ्ज ल्याइएको छ । ति मध्ये अचेत अवस्थामा रहेका ३३ वर्षिय टेकबहादुर पुनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य २६ जनाको उपचार भेरी अञ्चल अस्पतालमा भैरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले तोेकेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले हिमालय टाइम्सलाई दिएको जानकारी अनुसार भुकम्पमा परी घाइते भएकालाई ल्याउने काम जारी छ ।

भेरी अञ्चल अस्पतालमा अहिले उपचार गराइरहेका मध्ये अधिकासको टाउको, हात वा खुट्टा भाँचिएको र केहिको भित्री चोट रहेको श्रेष्ठले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?