गाजाको युएन स्कुलमा भएको इजराइली आक्रमणमा १५ को मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

एजेन्सी । शनिबार इजराइललले संयुक्त राष्ट्रसङ्घको एक स्कुलमा आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए ।

“आज बिहान इजराइलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५ जना सहिद र ७० जना घाइते भएका छन्”, मन्त्रालयलका प्रवक्ता असरफ अल–कद्रले पत्रकार सम्मेलनमा भन्नुभयो । मन्त्रालयले यसअघि १२ जना मारिएको र ५४ जना घाइते भएको बताएको थियो ।

इजराइलका तर्फबाट तत्काल उक्त आक्रमणबारे कुनै प्रतिक्रिया आएको छैन र एएफपीले पनि स्वतन्त्ररूपमा मृतकहरूको सङ्ख्या पुष्टि गर्न सकेको छैन । प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी युनआरडब्लुएको तर्फबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

बिहीबार गाजापट्टीमा युद्धबाट विस्थापित भएका मानिस बस्ने आफ्ना चारवटा स्कुल बमबारीले क्षतिग्रस्त भएको युनआरडब्लुएले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?