पिम नेपाल फिल्म फेस्टिबलको पाँचौं संस्करण आरम्भ

Read Time = 4 mins

काठमाडौं । पिम नेपाल फिल्म फेस्टिबलको पाँचौं संस्करण सुरु भएको छ । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल-२०२२’ सुरु भएको हो । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सवले चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्मातालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गर्नुभयो । महोत्सवमा उहाँले चलचित्र ‘प्रकाश’ पनि हेर्नुभएको थियो ।
महोत्सको उद्घाटन समारोहमा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ र चलचित्र संघका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियो ।

समारोहमा नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पुर्‍याएबापत सम्मान गरिएको थियो । महोत्सव आयोजक संस्था पिम नेपालका अध्यक्ष एवं चलचित्र निर्देशक माधवराज खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सरकारी क्षेत्रका चलचित्रसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरू हुन नसकेको अवस्थामा आफूहरूले यस्ता महोत्सव गरेर सिनेमा उद्योगलाई प्रोत्साहन गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष महोन निरौला, महोत्सवका क्रियटिभ डिरेक्टर एवं सञ्चारकर्मी शान्तिप्रिय, महोत्सवकी आयोजक तथा उद्घाटन समारोहकी सभापति कमला जोशीलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

बुधबार चलचित्र ‘प्रकाश’, ‘ऐना’, नेपाल भाषाको चलचित्र ‘उच्च शिक्षा’ र मैथली भाषाको चलचित्र ‘फु’ प्रदर्शन गरिएको थियो । शुक्रबारसम्म चल्ने यो महोत्सवमा नेपाली, नेपालभाषा, तामाङ, मैथली, भोजपुरीगरी ढेड दर्जन लामा तथा छोटा चलचित्र र बृत्तचित्र प्रदर्शन हुँदैछन् ।
बिहीबार चलचित्र ‘डेसान’, भोजपुरी चलिचत्र ‘मधेस पुत्र’, मैथली चलचित्र ‘अछोप’ प्रदर्शन गरिँदै छ भने शुक्रबार ‘बगान’ ‘लाखे’ लगायत प्रदर्शन गरिँदै छ । अवार्ड प्रदान गर्दै महोत्सब शक्रुबार सम्पन्न हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?