
उदयपुर । आउँदो फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘काँडेतार’को उदयपुर गाईघाटनमा विशेष प्रदर्शनी भएको छ । शनिबार गाईघाट स्थित शुभलक्ष्मी चलचित्र हलमा फरक फरक समयमा तीन शो प्रदर्शन गरिएको हो । सीमा विवद, राष्ट्र, राष्ट्रियता र स्वाभिमानका मुद्दाहरू उठानगरी निर्माण गरिएको चलचित्र ‘काँडेतार’को विशेष शोमा दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्मात्री सत्यकला राईले जानकारी गराउनुभयो ।
संघिय राजधानी काठमाडौंलगायत देशको विभिन्न मुख्य शहरमा पनि यसअघि ‘काँडेतार’को बिशेष प्रदर्शन गरिएको थियो । देशभर विभिन्न ठाउँमा हुने च्यारिटी शोको क्रममा संकलन भएको रकम विभिन्न समय सीमा बिबाद र झडपमा परी ज्यान गुमाएका तथा घाइते भएकाहरूको उपचारका लागि खर्च गरिने निर्माता नवल खड्काले बताउनुभयो ।
चलचित्रमा नवल खडका, गौरब पहाडी, रेविका गुरुङ, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, अन्जु केसी, खेम नेपाली, देवेन्द्र कोइराला, राम विश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतीक श्रेष्ठ, बाललाकारमा नादिया खड्का र सनया खड्कालगायतको अभिनय छ । चलचित्रका लेखक तथा निर्देशक नवल खड्का हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच