✍️ मोतीराज बम
डिएसपी जयश्वर रिमाल । साहित्यिक नाम जय रिमाल । हातमुख जोड्न अपनाइएको पेशा प्रहरी । सामाजिक सम्बन्ध बढाउन जोडिएको पेशा साहित्य । हुन त समाजमा नामै कमाउनु छ भने प्रहरीमा पनि बन्देज लगाइएको हुँदैन । प्रहरी सेवामै रहेर इमान, मान कमाउन सकिन्छ । तर, साहित्य र प्रहरी नामले फरक देखिए पनि यी दुबई पेशाको सार एउटै हो देश र जनताको सेवा गर्ने । देश र जनताको सेवा-प्रहरीमा बसेर कानुनले, साहित्यमा लागेर भावनाले गरिन्छ ।
झट्ट हेर्दा उनको हातमा हरदम देखिनुपर्ने डण्डा थियो तर कलम देखिन्छ । ऊनी गीत र नियात्रामा बढी रम्छन् र जम्छन् पनि । उनका केही गीत रेकर्डेट पनि छन् । बाआमाप्रति समर्पित एउटा गीत निकै चर्चित छ । उसो त प्रहरीमा तन र साहित्यमा मन लगाएर जीवनलाई सार्थक तुल्याउन अरू नाम पनि जाज्वल्लित छन् प्रहरीमा । पूर्वडिआइजी महेशविक्रम शाहकृत ‘छापामारको छोरो’ कथासंग्रहले मदन पुरस्कार प्राप्त गर्यो यो प्रहरीकै गौरवको विषय हो । गणेश रेग्मी, नव सिलवाल अब्बल कथाकार हुन् । ठुले राई, पदम विष्ट, जसध्वज गुरुङ प्रहरीभित्रका अग्रज गायक हुन् । मेरो जानकारीमा आउँन बाँकी प्रहरी सेवामा थुप्रै पुराना र उम्दा सर्जक होलान् । उनीहरूको शनैःशनैः खोजी हुँदै जानेछ ।
अचेल उत्तरआधुनिक चेतको हवला दिएर आफूलाई आफैं साहित्यकार घोषणा गर्ने, आफैँ पुरस्कार बाँड्दै हिँड्ने नवजमातले साहित्य र सिर्जनात्मकताको दायरा बिराट र विशालताबाट खुम्च्याएर सानो झुण्डमा, समूहमा ल्याइदिएको छ । सर्वपूज्य र मुर्धन्य साहित्यिक व्यक्तित्वलाई ओझेलमा पार्ने गरी गजल समूह, मुक्तक समूह, चोखा समूह, ताङका समूह, हाइकु समूहहरू गठन गरेर नितान्त साँघुरो घेराभित्र रहेर निकृष्ट टिप्पणी गरिरहेको देख्दा उचाट लागेर आउँछ । एकले अर्काको सिर्जना स्वीकार गर्दैन त्यो सिर्जना जतिसुकै ओझिलो, बोझिलो र शक्तिशाली किन नहोस् ।
खाडाचक्रको डाँडामा उभिएर चारैतिर नजर डुलाउँदा जिल्लाको सानो भू-भागमात्र नियाल्न सकिन्छ ठूलो भूभाग नेपथ्यमा पर्छ । जिल्लाका रमणीय भूभाग लालु, सुनथराली, ढोल्ल्या, लुसा, लुइँयाटा, रास्कोट, जिम्जेडी, भर्ता, सुकाटिया ठाना गाउँ हुन् । रिमालको भावनाको रिमरिम नजरिया सबै गाउँ डुलेर झ्याप्प रोकिन्छ तिलाकर्णाली दोभानमा ।
साहित्यलाई जातमा, भूगोलमा, धर्म संस्कृतिमा विभक्त गरिँदैछ । यसले कुनै व्यक्तिलाई फाइदा त होला तर देश, जनता र समग्र साहित्य जगतको हित हुँदैन, जय रिमाल १३ महिनाअघि नुवाकोटबाट कालिकोट सरुवा भएर गए । नयाँकोटबाट कालिकोटमा जाँदा उनको मन कालो थियो वा उज्यालो त्यो त थाहा भएन तर जब उनी कालिकोट पुगे उनको मन यसरी उज्यालियो कि तिला र कर्णालीको रङजस्तै सङ्लो बन्यो । पश्चिमोत्तर हुँदै बग्ने कर्णाली नदी र पूर्वोत्तर हुँदै बग्ने तिला नदीको दोभानमाथि ठिंग उभिएको छ कालिकोट जिल्लाको सदरमुकाम खाडाचक्र ।
खाडाचक्रको डाँडामा उभिएर चारैतिर नजर डुलाउँदा जिल्लाको सानो भू-भागमात्र नियाल्न सकिन्छ ठूलो भूभाग नेपथ्यमा पर्छ । खाडाचक्रको नजरपासमा पर्ने जिल्लाका रमणीय भूभाग लालु, सुनथराली, ढोल्ल्या, लुसा, लुइँयाटा, रास्कोट, जिम्जेडी, भर्ता, सुकाटिया ठाना गाउँ हुन् । रिमालको भावनाको रिमरिम नजरिया सबै गाउँ डुलेर झ्याप्प रोकिन्छ तिलाकर्णाली दोभानमा । दुबै नदीको पानीको रङ फरक छ । कर्णालीको गाढा नीलो र तिलाको फिक्का अर्धनीलो । नदीको आकार फरक हुन्छ तर रङ किन फरक ? उनी गम्छन् । उनी तत्काल निर्णय लिन्छन्, मेरो कर्तव्यभन्दा माथि उठेर कालिकोटका नौवटै पालिकामा पुगेर समाजको रङ बुझ्छु, पर्यटनको तृष्णा मेट्छु, भूगोलको आत्मा छाम्छु, प्रकृतिको मनोहरतामा पीडा भुल्छु र जिल्लाको समग्र विकासमा केही टेवा दिने प्रयत्न गर्छु ।
पुलिसको जागिर, जनगुनासोको चाङ, दलका नेताहरूको प्रेसर, टाढा रहेका परिवारको सम्झना, साहित्य सिर्जनाको मोह, यात्रा नियात्राको उत्कटता, त्यति सजिलो कहाँ थियो र ¤ यी सबै कन्टेन्टहरूलाई मिलाएर अगाडि बढ्नु । जिप्रकामा हाजिर भएको केही दिनमै उनको दिमागमा तिलष्मी चक्र घुम्न थाल्छ । ‘म जति समय कालिकोटमा रहन्छु केही गरेर देखाउँछु’ । उनी बजार डुले, गाउँ डुले, बजारियाका, गाउँलेका, नेताका, समाजका अगुवाका, मै हुँ भन्ने विद्वानका कुरा चाखे प्राप्त भयो निराशामात्रै ।
हरेकको आवाजमा उही गरिबी, अभाव, इष्र्या, डाहा, आरिसमात्र । ज्ञानगुन, पठनपाठनको संस्कृति बिल्कुल जिरो । अनि उनलाई लाग्यो शरीरको मैलो पानीले पखाल्छ भने मस्तिष्कको मैलो ज्ञानले । चेतनाले प्रेरित गर्छ, पुस्तकले ज्ञान दिन्छ । पढाइ अनन्त प्रक्रिया हो । पठनपाठनको संस्कृतिले समाजको बाटो बदलिन्छ र पुलिसप्रतिको सदाबहार नकारात्मक टिप्पणीको पनि अन्त्य हुन्छ भन्ने अभिप्रेरणाले पुलिस कार्यालयभित्रै पुस्तकालय स्थापना गर्ने र जिल्लावासीलाई पढ्न प्रेरित गर्ने निधो गर्छन् जय । कालिकोटमा पनि साहित्यकारको उपस्तिथि पातलो र भएका पनि संगठित नभएकोमा मन कुँडिएको छ उनको ।
दक्षिण एशियाकै ठूलो झरना पचाल झरनाको फेदैमा पुगी अवलोकन गरेर त्यसको पर्यटन प्रबद्र्धनको सम्भाव्यतालाई ब्यापक बनाउने सुकार्य रिमालले गरे । यो झरनाबारे पंक्तिकारको २०५७ सालमा स्पेस टाइम राष्ट्रिय दैनिकमा आलेख छापिएपछि प्रचारप्रसारमा आएको यो पचालझरना हो ।
पहिलो चरणमा आफ्नै लगानीमा बाहिरबाट केही चर्चित साहित्यकारका साहित्यिक पुस्तक, कानुन र बिजिनेस सम्बन्धी पुस्तक झिकाएर सानो लाइब्रेरी आफ्नै कार्यकक्षमा राख्छन् । एउटा सानो ¥याकबाट सुरु गरिएको लाइब्रेरी अहिले ठूलो बनेको छ र माथिल्लो तलामा सारिएको छ । एउटा लाइब्रेरीयन राखिएको छ । कार्यालय समयभित्र अध्ययन गर्न चाहने जोसुकै व्यक्ति निर्वाध रूपमा जान र पढ्न पाउँछ । एउटा कर्मचारीले आफ्नो पहल र लगानीमा व्यवस्थित ढंगले पुस्तकालय सञ्चालनमा आएको जिल्लाकै इतिहासमा पहिलो हो । कार्यालयमा मुद्दामामिला र अन्य कामका लागि जाने जोकोहीलाई उनी कुरा सुन्नुपूर्व भन्छन् ‘कालिकोटवासी सबैलाई मेरो अनुरोध छ समय निकालेर पढ्ने बानी बसालौं । यसले मलाई होइन तपाईंलाई नै फाइदा पुग्छ । लाइब्रेरी त यहीँ बस्छ म अस्थायी हुँ गइहाल्छु ।’
पढ्न कति जान्छन् कति जाँदैनन् त्यसको लगत राखिएको छैन तर डिएसपी जय रिमालको पुस्तक मोह बिछट्टको छ, प्रसंशायोग्य छ । मार्मिक र घतलाग्दो पनि छ । उनले कालिकोटवासीलाई ऋणसमेत लगाए । प्रेरणाको स्रोत पनि बने । यतिले मात्र उनको अभियान रोकिँदैन अझ अगाडि बढ्छन् । उनको यायावरीय पाटो खुल्न थाल्छ । के कालिकोट अक्करै अक्करको भीर हो ? के प्रकृतिबाट ठगिएको मात्रै छ ? कुरूपताभित्रको सुन्दरताको खोजीमा निस्किन्छन् । कतै गाडीमा कतै पैदल । धेरैजसो पैदलै तय गरिन्छ यात्रा । कालिकोटका चारहजारभन्दा माथिका सबै हिमालहरू जहाँ देवीका मन्दिर छन्-चुलिमालिका, पुगमालिका, बडिमालिकामा पुगे ।
त्यहाँ देवी भगवतीको दर्शन गरी धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक विषयलाई जोडदार ढंगले उठान गरेर सामाजिक सञ्जालमार्फत विश्वसामु फैलाए । अत्यन्त रमणीय र प्रचारप्रसारको अभावमा ओझेलमा परेको महाबै र तिलागुफाको रुणुबञ्चुपाटनको ढिस्कोमा पुगेर त्यस ढिस्कोलाई पिरामिडको नामाङकन गरी पर्यटन प्रबद्र्धनमा थप टेवा पुर्याउन मद्दत गरे । जहाँ कालिकोटवासी नगण्य रूपमा पुगेका छन् ।
दक्षिण एशियाकै ठूलो झरना पचाल झरनाको फेदैमा पुगी अवलोकन गरेर त्यसको पर्यटन प्रबद्र्धनको सम्भाव्यतालाई ब्यापक बनाउने सुकार्य गरे । यो झरनाबारे पंक्तिकारको २०५७ सालमा स्पेस टाइम राष्ट्रिय दैनिकमा आलेख छापिएपछि प्रचारप्रसारमा आएको यो पचालझरना हो । घाँस काट्न गएकी एक महिला भीरबाट खसेर तिलानदीमा ज्यान गुमाउन पुगेपछि निकै दुखित बनेका रिमाल यस कारुणिक घटनालाई कथामा उनेर फेरि यसरी कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सचेतना प्रबाह गरे ।
कालिकोटका लुकेका, प्रचारमा नआएका, नल्याइएका, पर्यटकीयस्थल, धार्मिकस्थल, पदमार्ग, मठ मन्दिर, छहरा, लेक, वनजंगल, पाटन, रूख, फूल, जडिबुटीका आफ्ना आलेखमार्फत प्रचारप्रसार गरी कालिकोटको पहिचानलाई विश्वसामु चिनाउन ठूलो योगदान गरे । त्यसैले त उनको अभियानलाई धन्यवाद दिँदै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले पंक्तिकारलाई एक भेटमा भने, ‘कालिकोटलाई हाइलाइट गराउन डिएसपी जयश्वर रिमालको अहम् भूमिका छ । उहाँलाई कालिकोटवासीले मनमुटुले अभिनन्दन गर्नुपर्छ ।’
जवाफमा मैले भन, ‘अरूले के गरे थाहा छैन मैले त पहिले नै प्रेमले अभिनन्दन गरिसकेँ ।’ कालिकोटमा बसुन्जेल ऊनी प्रहरीमात्र बनेर बसेनन् । नियात्राकार, निबन्धकार, अभियन्ता, पुस्तकप्रेमी पनि बनेर बसे । कालिकोटले उनलाई बिर्सन सक्ला तर उनी कालिकोटलाई कहिल्यै नबिर्सने गरी फर्किए । जयको जय होस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच