काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले जाजरकोट भूकम्पका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले पीडितहरूको उद्धारका लागि रु. ५० लाख दिने निर्णय भएको छ भने सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङलाई जिम्मेवारी दिएको छ ।
शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जनाको ज्यान गएको थियो । २५६ जना घाइतेको उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच