काठमाडौं । नक्कली भुटानी शरर्णाथी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वगृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाँण आज थुनामुक्त हुने हुनुभएको छ ।
उहाँ उच्च अदालत पाटनको धरौटीमा थुनामुक्त गर्ने आदेशपछि आज थुनामुक्त हुने हुनु भएको हो । उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो ।
उच्चको आदेशपछि आज पूर्वं गृहमन्त्रीखाँण जिल्ला अदालत पुगेर धरौटी बुझाउनु भएको छ ।
उहाँ सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगी प्रक्रिया पूरा गरेपछि थुनामुक्त हुनु हुनेछ ।
जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएर खाँण अहिले सम्पत्ति शुद्धीकरण विभाग जानुभएको छ ।
त्यसको केहीबेरमा केन्द्रीय कारागार जगन्नाथदेवलले उहाँलाई छाड्ने छ । उहाँ बैशाख २७ गते पक्राउ पर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच