काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिएका छन् ।
आयोगले आगामी पाँच वर्षका लागि तयार गरिरहेको १६औँ योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालासँग सुझाव लिइरहेको छ । सोही क्रममा बुधबार अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्तरूपमा गरिरहनुभएको छ । सो अवसरमा एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडिसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्यायमा प्रवेश गर्ने बताउनुभयो । १६औँ योजनामा सफल एलडिसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नुपर्ने उहँको सुझाव थियो । अन्य सहभागी विकास साझेदारले आफ्ना कन्ट्री प्रोग्रामलाई १६औँ योजना र एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादात्म्यता मिलाउनुपर्ने बताउनुभयो ।
आयोगका उपाध्यक्ष डा. श्रेष्ठले विकास साझेदारबाट राम्रा सुझाव आएको बताउनुभयो । नेपालको विकासका लागि विकास साझेदार गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आएका सुझावलाई १६औँ योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आयोगले सोही दिन राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यसँग पनि छलफल गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच