टर्कीमाथि अमेरिकाको पुनरागमन जित

Read Time = 2 mins

लन्डन । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत साबिक विजेता अमेरिकाले टर्कीविरुद्ध पुनरागमन जित हात पारेको छ । क्यानडामा जारी प्रतियोगितामा पुल-५ को महिलातर्फको खेलमा अमेरिकाले टर्कीलाई तीन-तीनको सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-२२ ले जितेको अमेरिकाले दोस्रो र तेस्रो सेट क्रमशः १८-२५, २७-२५ ले गुमाएको थियो । तर, त्यसपछिको चौथो र निर्णायक सेट क्रमशः २५-२३, १८-१६ ले आफ्नो पक्षमा पार्दै टर्कीलाई हरायो ।

प्रतियोगितामा ११ खेलमध्ये १० मा जित र एक खेलमा पराजित भएको अमेरिका २९ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत् छ । यस्तै, २३ अंक जोडेको टर्की सातौँ स्थानमा छ ।

अर्को खेलमा सर्बियाले तेस्रो स्थानको जापानलाई तीन-एक सेटमा हरायो । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुवात गरेको जापानले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २०-२५, १९-२५, २२-२५ ले सर्बियालाई सुम्पियो । प्रतियोगितामा १२ खेल खेलेको सर्बिया आठ जित र चार हारसहित २३ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?