भोजपुरका चार पालिकाले गरे भूकम्प पीडितलाई सहयोग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

 

भोजपुर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भोजपुर जिल्लाका स्थानीय तहहरुले सहयोग गर्न सुरु गरेका छन । नौ पालिका मध्ये एक नगरपालिका र तीन गाउँपालिकाले राहत रकम जम्मा गरेका हुन् ।

जिल्लाका नौ पालिका मध्ये रामप्रसाद राई गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिकाले भुकम्प पीडितको सहयोगका लागि राहत कोषमा रकम जम्मा गरेका हुन । पालिकाको निर्णय अनुसार पालिकाको बिपद ब्यवस्थापन कोष मार्फत पीडितका लागि सहयोग गर्न लागिएको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

यता जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाले पनि पीडितका लागि दुई लाख सहयोग गरेको छ । दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले एक /एक लाख पालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

भोजपुर नगरपालिकाले पनि भुकम्पमा पीडित जाजरकोट र रुकुम जिल्लालाई प्रधानमन्त्री राहत कोष मार्फत खर्च हुने गरी स्थानीय विपद व्यवस्थापन कोषबाट ५०/५० हजार सहयोग गरेको नगर प्रमुख कैलाश आलेले बताउनुभयो ।

यता जिल्लाको पूर्वी अरुण गाउँपालिकाले पनि राहत रकम कोषमा जम्मा गरेको छ । गाउँपालिकाले स्थानीय विपद व्यवस्थापन कोषबाट ५०/५० हजार दुई जिल्लालाई सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । राहत कोषमा अन्य पालिकाहरुले पनि रकम जम्मा गर्ने जनाएका
छन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?