
बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित दर्ता गरेको छ । बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडविरुद्ध १-० को कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा खेलको अन्त्यतिर रोनाल्ड एराउजोले गरेको गोल नै तीन अंक बटुल्न पर्याप्त बन्यो । रियाले एरिना सेवास्टिएनमा शनिबार राती भएको खेलमा घरेलु टोली सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दबाबमा राखे पनि खेलको अन्त्यतिर गोल खाँदै हार बेहोर्न पुग्यो । रियल सोसिडाडको आक्रमणका बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले सानदार प्रदर्शन गर्दै उत्कृष्ट बचाउ गर्नुभयो ।
बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई जित दिलाउनुभयो । उहाँले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल हुनुभएको थियो ।
यस जितले बार्सिलोना १२ खेलबाट आठ जित, तीन बराबरी र एक हारका साथ २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित सोसिडाड समान खेलबाटै १९ अंक जोडेर छैटौँ स्थानमा छ । बार्सिलोना शीर्षस्थानको जिरोनासँग चार अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग एक अंकले पछि छ । रियलले एक खेल कम खेलेको छ ।
यस्तै घरेलु टोली ओसासुनामाथि ४-२ को रोमाञ्चक जित निकाल्दै जिरोना शीर्षस्थानमा फर्किएको छ । जिरोनाले रियल म्याड्रिडलाई तीन अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । यो सिजन उच्च फर्ममा रहेको जिरोनाको जितमा इभान मार्टिन, अर्टिम डोब्यक, भिक्टर सिगनकोभ र एलेइक्स गार्सियाले गोल गरे । ओसासुनाका एन्टी बुडिमिरले दुवै गोल गरे पनि जितको लागि पर्याप्त भएन ।
यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित ओसासुना १३ अंक जोडेर ११औँ स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । यता इंग्लिस फरवार्ड हृयारी केनको हृयाट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको ‘डेर क्लासिकेर’ मा सानदार जित निकालेको छ । बायर्नले घरेलु टोली बोरुसिया डर्टमुन्डमाथि ४-० को सानदार जित निकालेको हो । बायर्नको जितमा केनले हृयाट्रिक पूरा गर्दा एक गोल डेअट उपमेकानोले गर्नुभयो ।
यस जितसँगै बायर्न १० खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पराजित डर्टमुन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २१ अंक जोडेर चौथो स्थानमा रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच