चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउनुहुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ। नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उहाँ आज बुधबार नेपाल आउन लाग्नुभएको हो।

तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नुहुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ ।

पाँचदिन नेपाल रहने उहाँले भोली बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुहुनेछ भने यस भ्रमणको क्रममा उहाँ पोखरा पनि जानुहुनेछ । न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?