कर्णाली सरकारद्वारा भूकम्प प्रभावित स्थानीय तहमा दुई करोड बढी रकम हस्तान्तरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान लगायत जिल्लाका १६ स्थानीय तहमा रु दुई करोड ४५ लाख रकम हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा रु.२५/२५ लाख, कुशेमा गाउँपालिकामा रु.२० लाख, छेडागाड नगरपालिकामा रु.१० लाख, जुनीचाँदे गाउँपालिकामा रु.१० लाख र शिवालय गाउँपालिकामा पाँच लाख वित्तिय हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले हिमालय टाईम्स जानकारी दिनुभयो ।

त्यसैगरी, रुकुमपश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु.२५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु.२०/२० लाख, मुसिकोट नगरपालिकालाई दश लाख र बाँफीकोट गाउँपालिकालाई रु.पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताउनुभयो । मन्त्रालयका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई रु.१५ लाख, बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु.पाँच÷पाँच लाख रकम हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लामा राहत सामग्री खरिद तथा वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहहरुमा रकम पठाइएको कानूनमन्त्री जिसीको भनाइ छ । यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?