टोल बस्तीबाटै सेवा वितरण गर्दै चम्पादेवी गाउँपालिका

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकाले टोलबस्तीबाट सेवा वितरण गर्न घुम्ती सेवा कार्यक्रम सुरु गरेको छ । कार्तिक १९ गते बाट वडा नं १० रानीवनबाट सेवा वितरण गर्न सुरु गरेको हो ।

स्थानिय सरकार हरेक बेला नागरिक सँगै हुन्छ भन्ने अनुभूति गराउन र जनताका हरेक समस्याको समाधान जनताकै घरदैलो बाट समाधान गर्ने उदेश्यले गाउँ बस्तीबाटै सेवा वितरण गरिएको पालिका प्रमुख नवराज केसीले बताउनु भयो ।

नागरिकले अपाङ्ग परिचयपत्र,बृद्धभत्ता कार्ड बनाउने जस्ता कार्य गर्न गाउँपालिकाको कार्यालय सम्म जान कठिन हुने र यस्ता काममा नागरिकले दुःख नपाउन् भनेर गाउँबस्ती बाटै सेवा वितरण गरेको पालिका प्रमुख केसीको भनाई छ ।

शिविर बाट गाउँपालिकाले दिनुपर्ने सम्पुर्ण सेवाहरु वितरण गरेको छ । उक्त वडामा भएका योजना सम्झौता, अपाङ्ग परिचयपत्र, कृषीफर्म दर्ता तथा नविकरण ज्येष्ठ नागरिक कार्ड, जस्ता गाउँपालिकाले दिने समपुर्ण प्रशासनिक सेवा दिईरहेको गाउँपालिका प्रवक्ता एवं वडा नं ९ का वडा अध्यक्ष सुजन पौडेलले बताउनु भयो ।

वडानं. १० बाट सुरु गरिएको सेवा वितरण कार्यक्रम ४ वटामा वितरण भईसकेको छ । २४ गते वडा नं. ४ मा सेवा वितण गर्ने र बाँकी रहेका वडाहरुमा तिहारपछि लगत्तै गर्ने गाउँपालिकाले जनाएको छ । पालिका प्रमुख नबराज केसी उपप्रमुख डिलामाया मगर, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद सुवेदी, शाखाका प्रमुखहरुको उपस्थितिमा सेवा वितरण गरिरहेको बताउनु भएकाे छ । स्वास्थ्य शिविर भने यो भन्दा अगाडी नै विभिन्न ठाउँमा सन्चालन गरिसकिएको पालिकाले जनाएको छ ।

आवश्यक्ताको आधारमा वडामा कामको चापअनुसार सेवा वितरण गरिने  छ । नागरिकलाई सहज र सुलभ सेवा वितरण गर्न हरेक वर्ष पालिकाले घुम्ती शिविर सन्चालन गर्दै आएको छ । पालिका सम्म धाएर गर्नु पर्ने काम आफ्नै ठाउँबाट गर्न पाएपछी स्थानिय नागरिकहरु खुशी भएका छन् । पालिका पुगेर ३/४ दिन लाग्ने काम आफ्नै ठाउँमा एकै छिनमा काम सम्पन्न भएकाले पालिका प्रमुख लगायत सम्पुर्ण पालिकाका टिमलाई स्थानियले धन्यबाद दिएका छन् ।

जहाँ गुनासो, त्यहाँ सम्बोधन, भन्दै पालिका अध्यक्ष केसीले प्रत्येक कार्यक्रममा सहभागी भई नागरिकका अन्य गुनासो न्युनिकरण तथा सम्बोधन गरिरहेको बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?