दिल्लीमा गुडिरहेको बसमा आगलागी, दुईको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ । सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ । यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०–१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी पाए लगत्तै स्थानीय प्रशासनले उद्धार कार्य सुरु गरेको थियो ।

बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जब यात्रुहरु दिल्ली– जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७ मा चढेका थिए, केही समय पछि नै सो बसमा अचानक आगलागी भएको सुुरु भएको थियो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । आगलागीबाट बस कसरी जलेको प्रष्ट देख्न सकिन्छ । तर, आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो दुर्घटना ३२ माइलस्टोन भवन अगाडि गए राति ९ बजे भएको हो । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले आगो नियन्त्रणमा ल्याएको छ। यस दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ।’ न्युज कारखानाबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?