भूकम्प पीडितलाई भोजपुर बारको सहयोग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जाजरकोट र रुकुममा गएको भुकम्पका पीडितका लागि जिल्ला अदालत भोजपुर बार एकाईले सहयोग रकम पठाएको छ ।

नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल बार एशोसिएसन भोजपुर अदालत बार एकाईले १० हजार रकम पठाएको एकाई सचिव अधिबक्ता तीर्थ कुमार राईले बताउनुभयो ।

यस्तो समयमा सवैले सामाजिक दायित्व निर्वाह गर्नु पर्ने भएकाले एशोसियनले पनि सोही अनुसार पीडितका लागि कोषमा रकम जम्मा गरेको सचिव राईको भनाई रहेको छ । एकाई अध्यक्ष अधिबक्ता रामकुमार राई र सचिव राईले संयुक्त बिज्ञप्ती प्रकाशित गर्दै पीडित परिवारका लागि राहत र उद्धारमा जुटन पनि सवै पक्षसँग आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?