लुका मोड्रिचद्वारा रियलसँगको सम्झौता नवीकरण

Read Time = 2 mins

म्याड्रिड । क्रोएसियाका मिडफिल्डर तथा कप्तान लुका मोड्रिचले स्पेनिस क्लब रियल म्याड्रिडसँगको सम्झौता नवीकरण गर्नुभएको छ । लुका मोड्रिचले रियलसँग एक वर्षका लागि सम्झौता नवीकरण गर्नुभएको हो । यससँगै मोड्रिच सन् २०२४ को समरसम्म रियल म्याड्रिडमा रहनुहुनेछ ।

सन् २०१२ मा इंग्लिस क्लब टोटेनहम हटस्परबाट रियल आएपछि उहाँ रियलमै हुनुहुन्छ । ३७ वर्षीय मोड्रिचले रियलका लागि ४८८ खेल खेल्नुभएको छ । रियलबाट उहाँले तीनपटक ला लिगा र पाँचपटक च्याम्पियन्स लिग जित्नुभएको छ । क्रोएसिया विश्वकपको फाइनलमा पुग्दा उहाँले २०१८ मा बालोन डि’ओर पनि जित्नुभएको थियो ।

आफ्नो नयाँ सम्झौताको घोषणापछि मोड्रिचले ट्विटरमा ‘होम स्विट होम’ लेख्दै खुसी व्यक्त गर्नुभएको छ । मोड्रिच रियलमा सम्झौता नवीकरण गर्ने तेस्रो खेलाडी हुनुहुन्छ ।

यसअघि टोनी क्रुस, ड्यानी सेबालोस र नाचो फर्नान्डेजले रियलमा सम्झौता नवीकरण गरिसक्नुभएको छ । रियलको मिडफिल्डमा मोड्रिचसँगै टोनी क्रुस, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा, ओरेलिएन चुआमेनीसँगै जुड बेलिङह रहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?