काठमाडौं । गैर-नेपाली नागरिक अनुप मेहराविरुद्ध गैरकाुननी रूपमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत, काठमाडौंमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवालीसमेत भएको गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उहाँका अनुसार मेहराले नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमि सुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी, मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार संख्या कायम गरी गैर-कानुनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको र लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी फुकुवा गर्ने निर्णय गरेको आरोप लागेको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ बिगो रकमसहित विशेष अदालत काठमाडौँमा बिहीबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
अख्तियारद्वारा मालपोत कार्यालय इटहरीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनीहरूलाई उक्त परिमाणको घुसबापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस मागगरी लिएको पुष्टि भएपछि एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच