पोखरा। राप्रपा नेपाल कास्किद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् । राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। २०६२र६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजा सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य , र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।
सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला ,कृष्ण कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रबेश गर्ने समेत राप्रपा नेपाल कास्किले जनाएको छ। न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच