‘उनैको सम्झनामा सावित्री जङ्गम थापाद्वारा रचिएको ‘स्मृतिकाव्य’ हो । पञ्चायत कालका एक जना शालीन राजनीतिज्ञ भोलामानसिंह थापा सावित्री थापाका श्रीमान् हुनुहुन्थ्यो । उहाँको गत वर्ष निधन भयो । श्रीमान्को सम्झनामा थापाद्वारा यो पुस्तक रचना भएको छ । यो काव्य हो । डिएमआई साइजमा यो पुस्तक शब्दयात्रा प्रकानशनबाट प्रकाशित भएको छ । अक्षरधाम, शब्दसाधक तीर्थ बनेपा-६, काभ्रेको प्रकाशन पुष्पको २१५ नं. मा यो पुस्तक रहेको छ । पहिलो संस्करण ५०० प्रति छापिएको यस पुस्कको प्रकाशन २०८० साल अर्थात् हालैमात्र भएको हो ।
सर्वाधिकार कृतिकारको परिवारजनमा रहेको यस पुस्तकको अक्षराङ्काका सङ्गीता केसी र आवरण सज्जा इ.रोशन मञ्जुश्रीको रहेको छ । गीता अधिकारीको साजसज्जा रहेको यस पुस्तकको मुद्रण सर्वश्री क्वालिटी प्रिन्टर्स बनेपा काभ्रेमा भएको छ । भूमिका खण्डमा २६ र पाठ्य खण्डमा ५८ गरी पुस्तकमा जम्मा ८४ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य २०० रुपैयाँ रहेको छ । पुस्तकको छपाइ स्तरीय छ तर कतै-कतै अशुद्धि भने पाइन्छन् र सम्पादनको आवश्यकता खड्किएको छ ।
यस पुस्तकका यी विभिन्न चरणहरूमा उहाँले आफ्ना श्रीमान् भोलामानसिंह थापाको सम्झना, प्रशंसा र उहाँका विभिन्न समाजसेवी तथा राजनीतिक कार्यको गीतिलयमा चर्चा गर्नुभएको छ । उहाँको यो कार्य प्रशंसनीय छ । यस्ता सद्कार्यहरू गर्ने आफ्ना स्वजनलाई सबैले यसरी नै स्मरण गर्नका लागि उहाँको यस पुस्तकले प्रेरित गरेको छ ।
आवरण खण्ड सामान्य सादा पृष्ठमा रहेको छ । बीचमा पारेर ठूला अक्षरमा ‘उनैको सम्झनामा’ भनेर पुस्तकको शीर्षक राखिएको छ । त्यसमुनि साना अक्षरमा कोष्ठभित्र ‘स्मृतिकाव्य’ भनिएको छ र त्यसभन्दा मुनि ‘सावित्री जङ्गम थापा’ भनेर काव्यकारको नाम राखिएको छ । पृष्ठ आवरणमा कृतिकारको शब्दचित्र भनिएको छ र उहाँको फोटोसहित परिचय दिइएको छ । यस पृष्ठमा उहाँको सामान्य परिचय, लंलग्नता, प्रकाशित पुस्तकहरू उहाँसम्बन्धी प्रकाशन लगायतको जानकारी दिइएको छ ।
जसअनुसार उहाँ २००१ सालमा गोविन्दहरि जङ्गम र जमुनादेवीकी सुपुत्रीका रूपमा भक्तपुरमा जन्मिनुभएको रहेछ भन्ने थाहा पाइन्छ । उहाँका पति भोलामानसिंह थापा जसलाई यस पुस्तकमा चर्चा गरिएको छ र छोरी भावना थापा र छोरा सुदीपसिंह थापा भएको जानकारी पनि यहीँबाट पाइन्छ । सावित्री थापा राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ । उहाँको विभिन्न संघसंस्थाहरूमा संलग्नता रहेको छ ।
विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहनुभएकी थापाले विभिन्न ठाउँमा भवन निर्माण तथा सामाजिक कार्यका लागि अक्षय कोषको स्थापनासमेत गरिदिनुभएको छ । वृद्धवृद्धाहरूका लागि आवास तथा बालबालिकाका लागि शिक्षामा समेत उहाँले सहयोग पुर्याउँदै आउनुभएको छ । उहाँले साहित्यिक र गैरसाहित्यिक समेत एक दर्जन पुस्तकहरूको रचना गर्नुभएको छ । उहाँसम्बन्धी पनि केही पुस्तकहरू प्रकाशित भएका छन् । यी सबै कुराको जानकारी यस पृष्ठमा दिइएको छ ।
भूमिका खण्डको सुरुमा स्वर्गीय भोलामानसिंह थापाको फोटो र उहाँको जन्म तथा निधन मिति दिएर उहाँमै सावित्री जंगम थापाका तर्फबाट पुस्तक समर्पण गरिएको छ । पूर्वराज्यमन्त्री डा.कान्ता भट्टराईको ‘उनैको सम्झनामा : एक समीक्षा’, प्रा.पुरुषोत्तम दाहालको ‘उनैको सम्झनामा’ मा सावित्री थापा’, त्यसपछि सावित्री थापाको ‘लेखकीय’ र हरि मञ्जुश्रीको ‘प्रकाशकीय’ रहेका छन् । त्यसपछि विषयसूचीका रूपमा ‘चरणसूची’ रहेको छ । पुस्तकमा मङ्गलाचरण र अन्य सात चरण गरी जम्मा आठ चरण रहेको छन् ।
पुस्तकका यी विभिन्न चरणमा उहाँले आफ्ना श्रीमान् भोलामानसिंह थापाको सम्झना, प्रशंसा र उहाँका विभिन्न समाजसेवी तथा राजनीतिक कार्यहरूको गीतिलयमा चर्चा गर्नुभएको छ । उहाँको यो कार्य प्रशंसनीय छ । यस्ता सद्कार्यहरू गर्ने आफ्ना स्वजनहरूलाई सबैले स्मरण गर्नका लागि उहाँको यस पुस्तकले प्रेरित गरेको छ । एक दर्जन पुस्तक लेखिसक्नुभएकी सावित्री थापा लेखनमा नयाँ नाम होइन । पुस्तकका लागि उहाँलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना । यसैगरी अन्य पुस्तकहरूका लागि पनि उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच