झन्झटिलो प्रक्रियाकै कारण नेपालमा विदेशी लगानी आकर्षित भएन : अध्यक्ष हमाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलो प्रक्रियाकै कारण विदेशी लगानी आकर्षित हुन नसकेको दाबी गर्नुभएको छ ।

शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा विदेशी लगानीलाई आकर्षण गर्ने सम्पूर्ण प्रणाली र मानसिकतामा समस्या रहेको बताउनु भयो । उहाँले नेपालको झन्झटिलो प्रक्रियाले विदेशी लगानी आउन सक्ने भन्दै नीतिगत रुपमा सुधार गर्न आवश्यक देखिएको बताउनु भयो ।

उहाँले विदेशी लगानी आकर्षणको लागि विश्वले अपनाएको प्रणाली आन्तरिक बजारलाई प्रवर्द्धन गर्नेगरी आधार बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले विदेशी लगानी ल्याउन खुला गरेको भएपनि धेरै झन्झटिलो प्रक्रियाहरु रहेको बताउनुु भयो । उहाँले गैरआवासीय नेपालीलाई नेपालको स्टक मार्केटको दोस्रो बजारमा लगानी गर्ने वातावरण नीतिगत समस्याको कारण बनाउन नसकेको बताउनु भयो ।

अध्यक्ष हमालले कम्बोडियोका स्टक मार्केट र नियमक निकाय नेपाल भन्दा २० वर्षपछिको भएपनि स्टक मार्केटमा १६ प्रतिशत विदेशी लगानी रहेको बताउनु भयो । उहाँले डिजिटल केवाइसी हालेर विदेशमा बस्ने नागरिकले कम्बोडियाको शेयर मार्केटमा लगानी गर्नसक्ने व्यवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विदेशी लगानीलाई आकर्षण गर्ने सम्पूर्ण प्रणाली र मानसिकतामा समस्या छ । यो झन्झटिलो प्रक्रियाले विदेशी लगानी आउँदैन । सुधार गर्न आवश्यक छ । विश्वले अपनाएको प्रणाली के हो भने कुन क्षेत्रमा कति प्रतिशत लगानी लगाउन पाउने र कुन क्षेत्रमा लगाउनै नपाउने भन्ने छ । आन्तरिक बजारलाई प्रवद्र्धन गर्नलाई त्यस्ता आधारहरु तयार गरेको हुन्छ त्यो आधारहरु नेपालले पनि गर्नुपर्ने हुन्छ । त्यो गरेपछि अप्रुवल भन्ने छैन । हामी विदेशी लगानी ल्याउन खुला गरेका छौं । १०० प्रतिशत खुला गर्छौं भनिरहेका छौं । तर झन्झटिलो प्रक्रियाहरु छन् । गैरआवासीय नेपालीलाई नेपालको स्टक मार्केटको दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउन सकेका छैनौं । कम्बोडियोका स्टक मार्केट र नियमक निकाय नेपाल भन्दा २० वर्ष कान्छो छ । त्यहाँको स्टक मार्केटमा १६ प्रतिशत विदेशीहरुले कारोबार गरिरहेका छन् । १६ प्रतिशत स्टक मार्केट विदेशी लगानीले ओगटेको छ । उनीहरुले ऐन नियमहरुका बाधा अड्चन हालेनन् । डिजिटल केवाइसी हालेर विदेशमा बस्ने नागरिकले कम्बोडियाको शेयर मार्केटमा लगानी गर्न सक्छन् । नेपाललाई विदेशी लगानी चाहिएको छ । लगानी बैंकिङ प्रणाली मार्फत आउनुपर्छ । एएमआई सुरक्षाको प्राटोकल अपनाउने बैंकको काम हो त्यसमा सरकारले गर्ने होइन । बैंकबाट पैसा आइसकेपछि लगानी गर्न योग्य लगानीकर्ता छन भने बाँकी प्रमाण हामीलाई किन चाहियो । अन्य देशमा २४ घण्टादेखि ४८ घण्टामा काम हुन्छ । नेपालले सोचमा पनि परिर्वतन गर्न जरुरी छ । विदेशी लगानीको लागि बनाउने प्रणाली झण्झटिलो बनाउनु हुँदैन ।’

उहाँले एएमआई सुरक्षाको प्राटोकल अपनाउने बैंकको काम भएको भन्दै बैंकबाट पैसा आइसकेपछि लगानी गर्नयोग्य लगानीकर्तालाई बाँकी प्रमाण खोज्न आवश्यक नभएको बताउनु भयो । उहाँले विदेशी लगानी आकर्षण गर्ने नेपालले सोचमा पनि परिवर्तन गरी प्रणालीगत झन्झटिलो बनाउन नहुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?