धादिङका किसानहरु फूलखेतीतर्फ आकर्षित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङका किसानहरु फूलखेती तर्फ आकर्षित भएका छन् । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ का दुई गाउँका करिब डेढ सय किसान फूलखेतीमा आकर्षित भएका हुन् ।

लामो समयदेखि फुलखेती गर्दै आउनुभएकी कृषक ठूलीकान्छी क्षेत्री फुल बेचेर वार्षिक २ लाख सम्म आम्दानी गर्नुभएकाे छ ।

यस्तै ६ वर्ष अघि देखि फुल खेती गर्दै आउनु भएकी अर्की पुष्पव्यवसायी लक्ष्मी जोशीले यसवर्ष ४ रोपनी जग्गामा सयपत्री फुल रोपेकी छिन् । फुलखेतीबाटै राम्रो आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएको हो ।

यस्तै कृषक शेर बहादुर थापाले २०६० साल देखि फूलखेती गर्न थालेकोमा यस वर्ष फूलको मालाबाट तिहारमा मात्रै भाउ पाए करिब १ लाख कमाइ हुने अनुमान गर्नुभएको छ ।
यसैबिच थाक्रे गाउपालिका वडा नम्बर १ का वडाअध्यक्ष श्याम सुन्दर थापाका अनुसार पालिका वा वडामा अहिले कृषि प्राविधिकको व्यवस्था भैसकेकोले अब कृषि प्राविधिकको सल्लाह अनुसार फुलको उत्पादन बढाउने योजना रहेको बताउनुभयो । आगामी वर्ष फूलको व्यवसाय गर्न चाहने कृषकलाई वडाबाट बिउ वितरण गरिने वडा अध्यक्ष थापाको भनाई छ ।

अहिले थाक्रे १ मा करिब २ सयदेखि २५० रोपनीमा फूलखेती गरिएको छ । जसमा करिब ६० देखि ७० हजार वटा माला बन्ने फुल उत्पादन भएको छ । फुल र मालाको उत्पादनबाट यसवर्ष थाक्रेका किसानले राम्रो भाउ पाए करिब ६० लाख देखि १ करोड सम्मको व्यापार गर्ने अनुमान वडाध्यक्ष थापाले गर्नुभएको छ ।

फुलखेतीलाइ थप विस्तार गर्न र दिगो बनाउन स्थानीय सरकार सँगै प्रदेश र सँघीय सरकारले राम्रो विउ विजन र सिँचाइको व्यवस्था गरिदिए आम्दानी बढ्ने र फूलखेती तर्फ अन्य कृषकलाई पनि आकर्षित गराउन सकिने पुष्पव्यवसायीहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?