तिहारमा सुरक्षा प्रवन्ध मजबुत बनाउन यस्तो छ काठमाडौं प्रहरीको योजना

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ ।

दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो ।

आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नुभयो ।

उहाँले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गर्नुभयो । उहाँले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गर्नुभयो । उहाँले सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताउनु भयो । उहाँले सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।

उहाँले काठमाडौंमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय नतोकिएको बताउनु भयो । उहाँले प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताउनु भयो । महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले राती १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनु भयो । उहाँले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ तिहारको संघारमा हामी छौं । दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर दशैंको जस्तै विभिन्न सुरक्षा प्रवन्ध मिलाएका छौं । सुरक्षा प्रवन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ । प्रहरी प्रधानकार्यालय र उपत्यका प्रहरी कार्यालयले सार्वजनिक रुपमा तिहार जस्ता पर्वहरुमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले मनाउन आग्रह गर्दछौं । जथाभावी पट्याका पड्काउँदा आतेस बाजी हुने,आगलागी हुने जस्ता घटना,लक्ष्मी पुँजा बहुमूल्य गहरगहना प्रदर्शन गर्ने जस्ता कुराहरुलाई मध्येनगर गरी अपिलहरु गरेका छौं । काठमाडौंवासी आमाबुबा दिदीबहिनीहरुलाई सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि हो । त्यसैले प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेका छौं र सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी राखेका छैनौं । काठमाडौंमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय तोकेका छैनौं । प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौभार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको छ । तर नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ । राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो । चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रवन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ । सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौं । विशेष सुरक्षा योजना बनाएर रातीसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरी सुरक्षा बढी नै परिचालन गरिनेछ । भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएका छौं । आम नागरिकको सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौं प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नुहुनेछ ।’

उहाँले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताउनु भयो । उहाँले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?