काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरुमा गम्भिरता नदेखिएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले गम्भिरता नदेखाएका बताउनुभएको हो । उहाँले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनु भयो । त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको भन्दै उहाँले यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भिरता नभएको स्पष्ट हुने बताउनु भयो । उहाँले संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्ने गरेका बताउनु भयो । मन्त्रीहरुले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘मन्त्री हुन तिब्र इच्छा हुने । पार्टी फोडेर पनि मन्त्री खाने देखियो । तर त्यो के को लागि त ? मन्त्री हुनको लागि मात्रै कि देश, जनता, राष्ट्रको लागि केहि चिज नयाँपन दिनको लागि ? त्यसकारण अब सबै राजनीतिककर्मीहरुले र मुख्यतः संसद सदस्यहरुले मन्त्री हुन चाहँदाखेरी या मन्त्री बन्दा आम नागरिकले अब नयाँ कुरा आउँछ भनेर अपेक्षा गर्ने र आश्वस्त हुन सक्ने बनाउनु प¥यो नि । त्यो आश्वस्त बनाउने दिशातिर गएको देखिदैन । झिनामसिना कुरामा प्रचार धेरै गर्ने तर गुणात्मक परिवर्तन ल्याउने गरी काम भएको छैन । विधेयक त मन्त्रालय मातहतका सबै सञ्चालन गर्न चाहिने चिज हो नि । जुन वजनका साथ त्यहाँ जानेहरुले ध्यान दिनुपर्ने हो त्यो धेरै दिएको पाइएको छैन । अरु काममा व्यस्त हुनुभएको छ । हाउसमा बोलाउँदाखेरी अथवा विधेयक त्यहाँ छलफल हुँदैछ मन्त्री नभएर, मन्त्रीले समय नदिने छ । पहिलो प्राथमिकता विधेयकलाई दिनुप¥यो नि । आफ्नो विधेयक कहाँ गयो ? अपवाद बाहेक कुनैपनि मन्त्रीले मेरो विधेयक कहाँ पुग्यो ? के हुँदैछ ? छिटो गर्नुप¥यो भनेको रेकर्ड छैन । हामीले बोलाएर तपाईको विधेयक यहाँ आएको छ, यसो गर्नुस् भनिरहनुपर्ने । त्यो विषयप्रतिको गम्भिरता देखिएन । किन देखिएन त उहाँहरुलाई सोध्नुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पु¥याउनुपर्ने बताउनु भयो । उहाँले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भिर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘विधेयकहरु कति गुणस्तरीय आयो, आएनन् फरक–फरक कुरा हुन सक्छ विधेयकहरुको । विधेयक ड्राफ्ट गर्ने ठाउँबाट नै ध्यान दिने कुरा हो पहिलो त । जुन मन्त्रालय अन्तर्गत त्यो विधेयक तयार हुन्छ । त्यहाँ त्यसको गाम्भिर्यता, त्यसको दुरगामी प्रभाव, त्यसले राष्ट्र र जनताको लागि हुने हित, फाइदा के हो ? सुशासन र न्यायको निम्ति कस्तो प्रत्याभुति गर्छ ? यस्ता कुरामा गम्भिरतापूर्वक त्यहाँ नै विचार गरेर पहिला त्यहाँबाट आउनुपर्ने । त्यहाँ कति ध्यान दिइयो ? आत्म केन्द्रित हुने कि समग्र राष्ट्र केन्द्रित हुने भन्ने कुराहरु हुन्छ । आत्मकेन्द्रित हुन थालेपछि आफू वरिपरि र आफुलाई हुने गर्न थालियो भने स्वभाविक रुपमा गुणस्तरीय हुँदैन । त्यसकारण त्यो विधेयकको क्षेत्राधिकार र त्यसले समष्टिमा कसलाई लक्षित गर्नुपर्छ र त्यसको हितको लागि के गर्नुपर्छ भन्ने विशाल सोचबाट आएपछि धेरै गुणस्तरीय त्यहाँबाट हुन्छ ।’
अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउने कुरामा सांसदहरुले पनि गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सांसदहरुले विधेयकको गहन अध्ययन गर्नुपर्ने बताउनु भयो । त्यसैगरी राजनीतिक दलहरुले पनि आफ्ना सांसदहरुलाई विधेयकहरु निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो । त्यस्तै मतदाताहरुले पनि आफुले निर्वाचित गरेको सांसदलाई भुगोलमा भन्दापनि विधायन निर्माणको काममा केन्द्रित हुन दिनुपर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सांसदको हिसावले मैले के कुरामा जानकारी लिनुपर्छ । कति मेहनत गर्नुपर्छ । सबै कुरा आफैँले जानेर, बुझेर आएको हुन्छ भन्ने होइन । तर कुनै विधेयक आयो भने त्यसमा गहन अध्ययन गरेर, सम्बन्धित विज्ञहरु सँग पनि बसेर त्यसमा छलफल चलाउने कतिले गर्नुहुन्छ होला ? दलहरुले पनि आफ्ना सदस्यहरुलाई, मेरो पार्टीका सांसदहरुले अरुका भन्दा गुणस्तरीयता प्रदर्शन गरुन् विधेयकको बारेमा छलफल गर्ने क्रममा या अरु विषयमा पनि भनेर उनीहरुलाई प्रशिक्षित गर्ने । दलहरुले कति लगाएका होलान् ति कुरा ? अलि अध्यययन गर्नुप¥यो भनेको भए हुन्थ्यो होला । हामीले भोट माग्ने, प्रचार गर्ने कुरादेखि नै विधायकहरुलाई मत दिनेहरुलाई पनि प्रशिक्षित गर्नुपर्छ उहाँहरुको पनि लेभल माथि आउनुप¥यो नि ।’
उहाँले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद, सांसदहरु र मतदाताहरु समेतको भुमिका भएको भन्दै सबैले आ–आफ्नो भुमिका राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच