सामसुङ मोबाइलमा अफर

Read Time = 1 min

काठमाडौं । सामसुङले आफ्ना उपभोक्ताका लागि शून्य ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स सुविधा ल्याएको छ । योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि लागू गरिएको छ ।

सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङ आज आफ्नो ग्राहककै कारण यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौँ ।

हामी उनीहरूको आवश्यकता र जरुरत बुझ्छौँ, त्यसैले हामी हाम्रा उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने गर्छाैँ, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो ।’ सुरुमा कम्पनीका नेपालका सम्पूर्ण प्रमुख बजारका दुई सयभन्दा धेरै शोरुममा इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?