थप उपचारमा आर्थिक अभाव, बालकुमारी गिरीद्धारा आर्थिक सहयोगको याचना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला । टाउकोमा रगत जमेर पीडित बनेकी बालकुमारी गिरी ( धर्तीमगर) का श्रीमान प्रेमराज गिरी भावुक हुँदै भन्नुहुन्छ, ‘मेरी श्रीमती बचाइदिनुस्, श्रीमती बाँच्न चाहन्छे।’, जुम्लाको गुठिचौर गाउँपालिका–३ निवासी ३४ वर्षीय बालकुमारी गिरीको टाउकोमा रगत जमेपछि अहिले उहाँ जीवन मरणको दोसाधमा बाँचिरहनुभएको छ ।

बुढेसकाल नलाग्दै टाउकोमा रगत जमेकोले राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेकी उहाँलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । गिरीका एक छोरा र एक छोरी छन् । छोरा १६ र ६ वर्षकी छोरी छन् । दस वर्षे जनयुद्धको लडाइँ पछि घर फर्केका प्रेम र उहाँकी श्रीमती धर्तीमगर निम्न वर्गीय परिवार हुन् ।

जनयुद्धको कठिन लडाइँदेखि सबै अप्ठ्यारासँग बिजय हासिल गर्न धर्तीमगरले सकेपनी रोगसँग लड्न गाह्रो हुँदो रहेछ, उहाँका श्रीमान बताउँछन् । पछिल्लो समय उहाँको एक हात र एक खुट्टाले काम गर्न छोडेको छ । गत असाज ५ गते घरमा एक्कासि बिरामी भएपछि कर्णाली स्वास्थ्य विज्ञानमा स्वास्थ्य जाच गर्ने लिदा प्रतिष्ठानको सिटीस्क्यान मेसिन बिग्रिएको थियो।

टाउकोमा उपचार भएनन् थप उपचारकालागि सुर्खेत नेपालगन्ज लिनुपर्ने बाध्यता भए सोहि दिन जुम्ला पार्टीका नेताहरूले हवाई जहाजको टिकट मिलाई दिएपछि उपचारका लागि नेपालगन्जबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा टाउकोको सिटीस्क्यान र स्वास्थ्य चेकजाँचको रिपोर्ट लिएर चिकित्सकले भने, ‘तपाईको श्रीमतीको टाउकामा रगत जमेको छ’ भनेपछि उहाँ आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए । चिकित्सकले टाउको अप्रेसन गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उहाँले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । उपचार गर्दा गर्दा घरको सात लाख र केही साथी भाई र आफन्तहरुले दिएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उहाँको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेकी पिडित धर्तीमगर सहयोगको लागिसबै सामु अपिल गरेकी छिन् ।

प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेकी धर्तीमगरको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । अहिले उनलाई सुर्खेतबाट थप उपचारका लागि काठमाडौ लिनुपर्ने चिकित्सकले सल्लाह रहेको उनका श्रीमान प्रेम गिरी बताउनुहुन्छ। ‘आफूले राम्रोसँग नपढेपनि छोरा–छोरीको राम्रो शिक्षा दिक्षा गराउने सोच राखेको थिए ।

बिडम्बना टाउकोमा रगत जमेपछि उनी अस्पतालको शैयामा छट्पट्टी रहेकी छिन् ।’ उहाँले भन्नुभयो, ‘उपचार गर्ने थप कति पैसा लाग्ने हो केही थाहा छैन ।’ आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् । तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने धर्तीमगरका श्रीमान गिरीले आखाँभरि टिलपिल आँशु लिएर आफ्नी श्रीमतीको ज्यान बचाई दिन सबैलाई आग्रह गर्नुभएको छ ।

‘घरमा अलि–अलि भएको पैसा उपचारमै सकियो, अब त छोरा– छोरीहरु पनि ठूला भए केही राम्रो होलाकी भन्ने बेला श्रीमतीलाई रोग लाग्यो । के गर्नु हामी गरिबका कहिलै सुःखका दिन आउने भएन,’ गहभरि आँसु झार्दै उनले सुनाए। प्रदेश अस्पताल लिने वित्तिकै टाउकोको अप्रेसन भयो ।अप्रेसन प्रश्चात उनी उनको आँखा हेर्ने सक्ने भइन् । प्रेमराजले भन्नुभयो , ‘अप्रेसनपछि टाउकोको डड्डी झिकेर ढाडमा राखिएको थियो । तर,हड्डी कुहियो । चिकित्सकका अनुसार अन्य मेजर अप्रेसनका लागि हड्डी जीवित राख्न शरिरको अन्य भागमा राखिन्छ । त्यहाँ राखिएको हड्डी कुहिएपछि फेरि अप्रेसन गर्नु पर्यो ।’ घर्तीमगर अहिले कोमामा छन् । शरिरको कुनै पनि अंग चल्दैन् । आँखाको चाल मात्रै छ । पूर्ण होसमा समेत छैनन् । दोहोरो संवादसमेत गर्ने सक्ने अवस्थामा नभएको उनका श्रीमान बताउँछन् । दायाँतिरको हात र खुट्टा प्यारालाइसिस छ ।

टाउको लेफ्ट पार्टमा रगत जमेको छ । अवस्था गम्भीर भएकोले सामान्य सुधार मात्रै भएको छ । अहिले दैनिक ७ हजार भन्दा बढी खर्च आउँछ । धर्तीमगर लाई भेट्न कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसीसहित कालिबहादुर मल्ल भेट्न आएपनि स्वास्थ्य लाभको काम दिनुबाहेक उनीहरूले कुनैपनि प्रकारको सहयोग नगरेको उनको गुनासो छ । उनले सुनाए उहाँहरू आएपछि केही सहयोग होला सोचेको थिए । तर, कुनै सहयोग हुन सकेन ।

धर्तीमगरका श्रीमान प्रेमराज गिरीको नाममा रहेको लक्ष्मी सनराइज गुठिचौर शाखाको बैंकको खाता नम्बर ०७८०४९५९७०२०५००१ मा रकम जम्मा गर्न सकिने बताईएको छ । परिवारले विभिन्न सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् । उनको सम्पर्क नम्बर ९८४२५३९८६८ मा सम्पर्क गरेर सहयोगी मनहरुले सहयोग गर्ने सकिने छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?