यस्तो छ– आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । जसअनुसार, आज एक डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १६ पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८१ रुपैयाँ र बिक्री दर ८५.२० रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८ रुपैयाँ ८१ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ०६ पैसा र बिक्री दर १० रूपैयाँ ११ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४७ रुपैयाँ र बिक्री दर ३५.६३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.७३ पैसा र विक्रीदर ४३२.६७ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?