इरानद्वारा अमेरिकामाथि प्रतिरोधी समूहहरूलाई आक्रमण गर्न निर्देशन दिएको आरोप अस्वीकार

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इरानले अमेरिकी आधारमा आक्रमण गर्न क्षेत्रीय प्रतिरोधी समूहहरूलाई निर्देशन दिएको आरोप अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस्तो बताएका हुन् । अमेरिकालक्षित आक्रमणहरु गर्ने समूहलाई इरानले कुनैपनि आदेश नदिएको र उनीहरुले इरानसँग सोधेर निर्णय लिने नगरेको उनको भनाइ छ ।

ति समूहहरु स्वतन्त्र निर्णय लिने भएकाले कुनै निर्णय र आक्रमण इरानसँग नजोडिएको बताए । उनले इरानको राजधानी तेहरानमा एक साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले अन्य देशहरूलाई आरोप लगाउनुको सट्टा इजरायललाई गाजाबिरुद्धको आक्रमण रोक्ने काममा लाग्न आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?