जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका-१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट रु एक लाख १७ हजार नगद बरामद भएको उहाँले बताउनुभयो ।

यसैबीच, तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।  रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?