काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उहाँको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले राससलाई बताउनुभयो ।
स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।
साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गर्नुभएको थियो । छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कदै आउनुभएको हो ।
साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि भोलि गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच