उर्लाबारीमा आगलागीमा परी घाईते ६ जनाको अवस्था गम्भीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

शुक्रवार घाईतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुग्नुभएका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले यस्तो जानकारी गराउनुभएको हो । उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताउनु भयो । उहाँले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताउनु भयो । उहाँले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरु काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेण्ट गर्नेछौँ । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’

घाइतेको अवस्था बुझ्न अीपताल पुग्नुभएका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताउनु भयो । उहाँले अमेरिकाबाट आईतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराउनु भयो । उहाँले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आईतवार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरुलाई निको पार्नेछौँ ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?