संस्कृति स्पोर्ट्स सम्मान श्रेष्ठलाई

Read Time = 3 mins

काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुलले संस्कृति स्पोर्ट्स सम्मान नामक वार्षिक स्पोर्ट्स अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेण्डरअनुसार प्रदान गरिने स्कुलले जनाएको छ । स्कुलको वार्षिक स्पोर्ट्स डेका अवसरमा सशस्त्र प्रहरी बलको हलचोक मैदानमा आयोजित एक कार्यक्रमबीच स्कुलका अध्यक्ष रञ्जित आचार्यले अन्य बोर्ड डिरेक्टर्स, नेपाल राष्ट्रिय खेलकुद पत्रकार मञ्चका प्रेसिडेन्ट एवं सेलिबे्रटी स्पोर्ट्स स्टार पारस खड्काको उपस्थितिमा उक्त जानकारी गराउनुभएको हो । यस वर्षको संस्कृति स्पोर्ट्स सम्मान सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ ।

विजेता श्रेष्ठ २०२२ मा खेल जगत्मा उत्कृष्ट प्रदर्शन गर्दै लामो दूरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल हुनुभएको थियो । संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष रञ्जित आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका प्रेसिडेन्ट देवेन्द्र सुवेदीको उपस्थितिमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले श्रेष्ठलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । साथै संस्कृति इन्टरनेशनल स्कुलका डाइरेक्टर पशुपति मुरारकाले श्रेष्ठलाई एक लाख एक हजार रुपैयाँ बराबरको चेक पनि हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीमध्ये एक योग्य क्रिकेटरलाई ५० हजारको ट्रेनिङ स्कलरसिप प्रदान गर्ने घोषणा गरिएको छ । यस वर्षको स्कलरसिप विजेता डडेल्धुरा–४ का प्रतिभाशाली क्रिकेट खेलाडी कृष्ण भट्ट हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?